पावरफूल स्वस्तिमा

मङ्गलबार, ०७ असोज २०७६, ०१ : ०९ शुक्रवार
पावरफूल स्वस्तिमा

अहिले दिन आएको छ त अभिनेत्री स्वस्तिमा खड्काको। उनकै फिल्म नेपालबाट ओस्कार अवार्डका लागि सिफारिस भएको छ। अब फिल्ममा मात्र होइन उनैलाई विज्ञापनको ओइरो लागेको छ। अब हालै उनी अभिनित फिल्म ‘हजार जुनीसम्म’ प्रदर्शनमा आयो। यो फिल्म त्यत्ति चलेन। तर  उनी नयाँ फिल्म ‘चपली हाइट ३’ मा पनि अनुबन्धित भएकी छिन्।

यसो हेदौ अहिले स्वस्तिमालाई चिठ्ठा नै परेको देखियो। एकातर्फ निश्चल फिल्म क्षेत्रबाट टाढा देखिँदा उनी भने अझै भिझ्दै गएकी छिन्।

हालै आफूले बोलेको कुराको गलत समाचार लेखिदिएको भन्दै उनले केही युट्युबरसँग आफ्नो सम्बन्ध बिगारिन्। ती युट्युबर उनको खेदो खन्न थाले। केहीले युट्युबेले त बहिष्कार अभियानै चलाए। तर उनीहरुले माखो मार्न सकेनन् स्वस्तिमाको। त्यसैले उनले फेसबुकमै लेखिदिइन् ‘केही कुराले तिमीलाई हल्लाउन सक्दैन’।

Leave A Comment