खुल्न थाले सौगात र सृष्टि

मङ्गलबार, ०७ असोज २०७६, ०१ : १९ शुक्रवार
खुल्न थाले सौगात र सृष्टि

हिजोआज सृष्टि श्रेष्ठ र सौगात मल्ल एकसाथ मिडियामा देखिन थालेका छन्। कारण उनीहरु अभिनित नयाँ फिल्म ‘पोइ प-यो काले’ प्रदर्शनको तयारीमा छ।

अब फिल्मको प्रमोसन त गर्नै प-यो। प्रमोसनकै बहानामा भए पनि यी दुई जोडी हिजोआज निकै खुल्न थालेका छन्। अब एक समय उनी दुई आफ्नो प्रेम मिडियाबाट लुकाउँथे। तर समय कहाँ सधैँ एकनासको हुँदो रहेछ र।

समय सँगै यी दुई पनि बदलिएका छन्। अहिले त सृष्टि र सौगात सँगै अन्तर्वार्तामा बिहेको मिति नै तय भइसकेको जस्तो कुराकानीसमेत गर्छन्। अन्तर्वार्तामा खुलेरै आफ्नो प्रेम स्विकार्न थालेका छन्। जे होस् दुबैले बुझेछन् सत्य लुकाउनु भन्दा फुकाउनु नै राम्रो।

Leave A Comment