अनुपको फेसबुक म्यानेजर

मङ्गलबार, ०७ असोज २०७६, ०१ : ४१ शुक्रवार
अनुपको फेसबुक म्यानेजर

प्राय नेपाली केही कलाकार आफ्नो काम आफैं गर्छन्। उनीहरुको काम हेरिदिने स्टाफ कमै छन्। तर गफ भने आकाश झार्ने नै दिन पछि पर्दैनन्।

आफ्नो व्यवसायिक काम म्यानेज गरिदिने म्यानेजरसम्म राख्न नसक्नेहरु अहिले आएर आफ्नो नामको फेसबुक अकाउन्ट हेर्न फेसबुक म्यानेजर राखेको गफ दिन थालेका छन्।

यसको प्रारम्भ गरेका हुन् नायक अनुप विक्रम शाहीले। उनले फेसबुक चलाउनै म्यानेजर राखेको बताएपछि फिल्मी बजारमा अहिले यसैको चर्चा भइरहेको छ। कुमारी हलमा ‘पासवर्ड’ फिल्मका  बारेमा उद्घोषिकाले  फेसबुक लगायतका पासवर्ड खुलाउन अनुरोध गरेकी थिइन्। धेरैले गोप्य कुरा भएकाले सामाजिक सञ्जालको पासवर्ड सार्वजनिक गरेनन् । तर यता अनुपले भने फेसबुक, इमेल, इन्स्टाग्राम र ट्वीटर आफूले नचलाउने भनेपछि सबै छक्क परे। उनी यतिमै रोकिएनन्।

उनले फेसबुकलगायत सामाजिक सञ्जाल चलाउन म्यानेजर राखेको छु भनेपछि सहभागी छक्कै परे। धन्न त्यो बेला सन्नी थिइनन् र इज्जत  जोगियो।

उनले अभिनय गरेका फिल्म न सफल भएका छन् न निर्मातालाई बचाएको  छ। ‘फ्लप हिरो’ र भिलेनको ट्याग बोकेर हिँडिरहेका कलाकारले सामाजिक सञ्जाल चलाउन म्यानेजर राखेको छु भन्न थाले पछि सुन्ने ठहरै हुँदैन त।

Leave A Comment