जसिताले काम पाइन्

मङ्गलबार, ०७ असोज २०७६, ०२ : १७ शुक्रवार
जसिताले काम पाइन्

अभिनेत्री जसिता गुरुङले अभिनेता प्रदीप खड्कासँग ‘लिलिबिली’ र ‘लभ स्टेसन’ गरी दुई फिल्ममा काम गरिन्। दुई तीन वर्षको अन्तरालमा दुईवटा फिल्ममा अभिनय गरे पनि  कुनै फिल्म सफल भएनन्। ‘फ्लप’ फिल्मकी अभिनेत्रीले यसपटक भने राम्रै ब्यानरमा खेल्ने अवसर पाएकी छन्। उनी फिल्म ‘एन्टी हिरो’मा अनमोलको जोडी बन्दैछिन्।

अभिनेत्री साम्राज्ञी आरएल शाहसँग भुवन केसीको सम्बन्ध त्यति राम्रो छैन। साम्राज्ञी भुवन केसीको रोजाइकी हिरोइन थिइन् तर उनीसँग मन मुटाव रहेका कारण भुवनले एन्टि हिरोमा  जसिता परेकी हुन्। अभिनेता प्रदीपसँगको सम्बन्ध बिग्रेका कारण अहिले जसिता धमाधम फिल्ममा साइन गर्न थालेकी छन्।

यता रेनशा वान्तवा राईले निर्देशन गर्ने नयाँ फिल्म ‘आईएम ट्वान्टिवान’ मा पनि उनी अनुबन्ध छिन्। यसो हेर्दा उनलाई प्रदीपलाई छोड्दा फिल्म फापेको झै पो देखियो त।

Leave A Comment