डियर बाँदर,
तिमीले छाडेर गइहाल्यौँ। खुसी छौ होला भन्ने आशा गरेकी छु। तिमीले छोडेर गएको पनि हेर्दाहेर्दै पाँच महिना भएछ। सायद अब त मेरो याद पनि आउन छाडिसक्यो होला। यसै बोल्न किन छोडेका हौँ ? मैले बुझ्न सकेकी छैन। मेरो के गल्ती थियो र ? केमा चित्त नबुझेको हो ? भनेको भए थाहा हुन्थ्यो। हाम्रो माया छुटे पनि कारण थाहा पाउने त शायद मेरो अधिकार थियो होला !
त्यो लास्ट दिन, भ्यालेन्टाइन्स डे थियो क्यारे ! के थाहा ? यही दिन हाम्रो बोल्ने अन्तिम दिन हो भनेर। त्यो दिन पनि मैले नै कल गरेकी थिएँ क्यारे ! त्यो दिनपछि त मेरो कल मेरो म्यासेज केहीको पनि रिप्लाई आउन छाड्यो। मैले त्यत्रो म्यासेज पठाएँ तर तिमीले यो कारणले मैले तिमीसँग नबोलेको भन्न सकेनाैँ। दुई वर्ष हामी सँगै थियौँ। सेयर गर्न बाँकी सायद केही थिएन। तिमीसँग भेट हुँदा हामी जिन्दगी कटाउने कुरा गथ्र्यौँ। यो जिन्दगी सँगै बिताउने कुरा हुन्थ्यो।
खै केमा चित्त दुख्यो। सबै सपना लत्याएर मसँग बोल्नै छाड्यौँ। जसलाई मैले सबैभन्दा बढी विश्वास गरेकी थिएँ, ऊ नै बिना कारण टाढिएपछि अब सायदै कसैलाई विश्वास गर्छु होला। यतिबेला म तिमीलाई भुल्ने प्रयास गर्दैछु तर एकदमै गाह्रो भएको छ। जिन्दगीमा सबैभन्दा ठूलो पीडा चाहिँ कारण नै थाहा नपाई सजाय पाउनु रहेछ ! त्यस्तो अवस्था तिमीले भोग्नु नपरोस् ! तिम्रो राम्रो होस्। मेरो शुभेच्छा छ। म अझै पनि तिमीलाई माया गरिरहन्छु। आफूलाई ख्याल राख्नू !
स्रोत : टिनेजर्स कन्फेसन
Leave A Comment