प्रभु बाहिरिए

बिहिबार, ०९ असोज २०७६, १२ : ४९ शुक्रवार
प्रभु बाहिरिए

नेपाल लोकस्टारको २५ र २६ एपिसोड पुग्दा प्रभुराज पाण्डेय आउट भएका छन्। उनी बाहिरिएसँगै अब सनी विश्वकर्मा, पविन्द्र सुनार, दीपेन्द्र राई, रविराज शाह, रामकुमार नेपाली, विनोद दनुवार र चेतन गौतमबीच प्रतिस्पर्धा हुनेछ।

लोकस्टार २५ एपिसोडमा विशेष अतिथिमा गायक तुलसी पराजुली  उपस्थित भएका थिए। यस एपिसोडमा सनी विश्वकर्मा, पविन्द्र सुनार, दीपेन्द्र राई, रविराज शाह, रामकुमार नेपाली, प्रभुराज पाण्डेय, विनोद दनुवार र चेतन गौतमले गीत गाएका थिए।
२६ एपिसोडमा प्रमुख अतिथिका रुपमा लोकसङ्गीतमा विद्यावारिधि गरेका लोचन रिजाल आएका थिए।

 

 

 

 

 


 

Leave A Comment