आइडल विश्व भ्रमणको अधिकार गृष्मालाई

बिहिबार, ०९ असोज २०७६, ०१ : ०० शुक्रवार
आइडल विश्व भ्रमणको अधिकार गृष्मालाई

नेपाल आइडल सिजन तीनका विजेतालाई विश्व भ्रमणको सर्वाधिकार गृष्मा ब्रोडकास्टिङले पाएको छ। नेपाल आइडलको कपिराइट पाएको एपी वन टेलिभिजन र गृष्माबीच विश्व भ्रमणको सर्वाधिकारबारे सम्झौता भएको हो।

गृष्माका अध्यक्ष गृहेन्द्र घिमिरे र एपी वान टेलिभिजनका निर्देशक सच्चन थापाले हस्ताक्षर गरेको सम्झौता पत्रअनुसार गृष्मा ब्रोडकास्टिङ र मुनलाइट रेकर्डले नेपाल आइडल सिजन ३ का विजेताको विश्व भ्रमणको सम्पूर्ण व्यवस्थापन गर्नेछ। घिमिरेका अनुसार सिजन तीनको फाइनलको आयोजना गर्ने अधिकारसमेत गृष्माले पाएको छ।

‘टप टेनको घोषणा भएपछि गृष्माले प्रतियोगीहरुको जिम्मेवारी लिनेछ,’ घिमिरेले भने, ‘कार्यक्रमको फाइनल र विभिन्न देशमा कार्यक्रमको आयोजना गृष्माले गर्नेछ।’
नेपाल आइडल सिजन ३ कात्तिकबाट सुरु भएर फागुनको अन्तिमसम्ममा सकिनेछ ।
नेपाल आइडल सिजन २ का विजेताको अमेरिका, क्यानडा लगायतको टुर अझै बाँकी छ। उनीहरुको टुरको जिम्मासमेत गृष्माले पाएको छ।

Leave A Comment