लोकगीतमा निखिल

शुक्रबार, १० असोज २०७६, ०२ : १० शुक्रवार
लोकगीतमा निखिल

गुमनाम रहेका निखिल उप्रेती काँचको पर्दामा नदेखिएको लामै समय भइसक्यो। उनलाई नेपाली दर्शकले फिल्ममा खोजिरहेका थिए तर फर्किएका छन्, लोकगीतमा अभिनय गरेर। फिल्ममा कतै काम नपाएका निखिल अन्ततः पहिलो पटक लोकगीतमा नृत्य गर्दै देखा परेका छन्। ‘धानको चामल धानैको चिउरा’ बोलको गीतमा उनी कम्मर मर्काउँदै देखापरेका हुन्।

अब समस्या के छ भने पहिला फिल्ममा पनि उत्ति नाच्न जान्ने हिरोको छवि बनाएका होइनन् उनले। अब लोकगीतमा त छमछमी ननाची धरै पाइँदैन। यस्तोमा उनले के गरे होलान् ?
हुन त पैसा भएपछि उनलाई हल्लिन केको डर ? उनी हल्लिएकै पनि पैसा लिएर हिट भएका हुन्।

‘आयो भैरव’ भन्ने फिल्म बनाउने हल्ला चलाइरहेका बेला उनलाई शिव विकले कसरी हल्लाए होला भन्ने धेरैलाई चासो छ। कला लम्साल, बद्री पँगेनी र चन्द्र शर्माको स्वरको यो गीत निखिल आफू छिटो र पपुलर हुन देखापरेका हुन् कि खाली समयलाई सदुपयोग गरेका हुन्, उनै जानून्। हामी त अहिलेलाई यत्ति भन्छौँ, काँचका पर्दामा भन्दा उनलाई त सेतोपर्दामै बढ्ता सुहाउँछ !

Leave A Comment