गौरव दर्पनको ‘पसिनाको कमाई’

शुक्रबार, १० असोज २०७६, ०६ : ४० शुक्रवार
गौरव दर्पनको ‘पसिनाको कमाई’

गौरव दर्पनले ‘पसिनाको कमाई’बोलको नयाँ गीत बजारमा ल्याएका छन् । गीतमा गौरवकै स्वर, शब्द र संगीत छ । गीतले विदेशमा पसिना बगाउने युवाको कथा बोल्छ ।

गीतको भिडियोमा अभिनयमा अब्बल कामेश्वर चौरासिया र लक्ष्मी बर्देवाको अभिनय छ । पछिल्लो समय यी दुईले ‘तिलहरी’ बोलको म्युजिक भिडियोमा अभिनय गरेका थिए । म्युजिक भिडियोमा उनी दुइको जोडीलाई दर्शकले रुचाउँदै आएका छन् ।

म्युजिक भिडियोलाई लक्ष्मी आफैँले निर्देशन गरेकी हुन् । गीतमा सुनिल शिवभक्तिको सम्पादन र बुद्ध थापाको छायांकन छ । गीतलाई फणिन्द्र राईले अरेन्ज गरेका हुन् ।

 

Leave A Comment