किरणको स्वरमा ‘धर्म’

शनिबार, ११ असोज २०७६, १२ : ०७ शुक्रवार
किरणको स्वरमा ‘धर्म’

गायक किरणबाबु पुनको नयाँ गीत ‘धर्म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। म्युजिक भिडियोमा प्रेम थापा र सगुन शाहीको अभिनय छ। भारतीय गायिका संजिवनीको आवाज रहेको उक्त गीत गायक किरणले नै रचना गरेका हुन्।

समाजमा चलिआएका जात धर्म वर्ग जेसुकै भए पनि मानवता नै सबैभन्दा ठूलो धर्म हो भन्ने मूल सन्देश रहेको सो म्युजिक भिडियोको निर्देशन वरिष्ठ निर्देशक बाबुराजा केसी (उज्ज्वल) ले गरेका हुन्। गीत मधुर बस्नेतले छायाङ्कन गरेका हुन्। भिडियो नवीन घर्ती मगरले सम्पादन गरेका हुन्।  
 

Leave A Comment