दिनेश अधिकारीको ‘अनवरत’

शनिबार, ११ असोज २०७६, १२ : १४ शुक्रवार
दिनेश अधिकारीको ‘अनवरत’

कवि तथा संगीतकार दिनेश अधिकारीले आफ्नो नयाँ एल्बम ‘अनवरत’ सार्वजनिक गरेका छन्। गीतकार किरण खरेल,  गायक प्रेमध्वज प्रधान, संगीतकार दीपक जङ्गम, संगीतकार शक्ति बल्लभसमेतले उक्त एल्बम विन्ध्यवासिनी म्युजिकमार्फत सार्वजनिक गरेका हुन्।

एल्बममा ७ वटा गीत समावेश छन्। सबै गीतमा राजकुमार मगरको संगीत समावेश छ। गीतमा नयाँ पुस्ताका गायक र गायिकाको बाहुल्यता छ। एल्बममा रामकृष्ण ढकाल, राज सिग्देल, प्रविशा अधिकारी, श्रेयसी चेमजोङ, सिडी विजय र प्रताप दासका स्वरमा गीतहरु छन्।

एल्बम सार्वजनिक कार्यक्रममा काजिश श्रेष्ठको निर्देशनमा बनेको ‘तिमी सुखी हुनु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको थियो।
‘अनवरत’का गीत अन्तर्राष्ट्रिय बजारमा समेत सुन्न पाइने बताइएको छ। यो गीतकार अधिकारीको चौधौं एल्बम हो।
 

Leave A Comment