‘सँधै सहज हुन्न यौन’

मङ्गलबार, १४ असोज २०७६, ११ : ५३ डा. दिनेश बाँस्ताेला
‘सँधै सहज हुन्न यौन’

महिनावारी अघि (रजोवृत्तिको समय) महिलाको शरीर अत्यधिक तात्ने, राति खलखली पसिना आउने लक्षण देखिन्छ। कहिलेकाहीँ सपना देखिने भएकाले सपनाका कारण निद्रासमेत भंग हुन्छ। मनमा अशान्तपन बढ्छ। महिनावारी हुनुभन्दा करिब एक हप्ता अघि महिलामा यस्ता लक्षण देखिन्छन्। त्यसैले पुरुष यौन जोडीले यौन क्रियाकलापका लागि प्रस्ताव गर्दा महिलामा समस्याका लक्षण देखिएका छन् वा छैनन् भन्ने मनोविज्ञानमा ध्यान दिनु पर्छ।

आफ्नै बच्चादेखि सशंकित
महिनावारी हुनुअघि महिलाले आफ्नै बच्चाले समेत आफूलाई खराब आमाका रुपमा लिएका छन्, भन्ने अनुभूति गर्छिन्। बच्चाले आमालाई यस्तो नसोचे पनि उनको मनमा त्यस्तो कुरा खेल्छ। पुरुष यौन जोडीप्रति यस्तो सोच नआउने कुरै भएन। यस्तो अवस्थामा पुरुषले यौनका लागि प्रस्ताव गर्दा महिला झस्कने नै भइन्। उनले आफ्नो शरीर झुकेको तथा निहुरिएको अनुभूति गर्छिन्। महिनावारी अघि असल यौन जोडी, बालबच्चा तथा परिवार, राम्रो जागिर भए पनि त्यो कुरा बुझ्न नसक्दा शिर झुकाएर हिँड्छिन्। उनलाई महिनावारी अघि अस्तव्यस्तताको लक्षणका कारण शिर निहुराएको भन्ने थाहा नहुँदा यस्तो समस्या उत्पन्न हुन्छ।

यस्तो अवस्थामा सानातिना विषयमा यौन जोडीबीच तनाव उत्पन्न हुन सक्छ। यस्तो अवस्थामा पुरुष यौन जोडीले उनलाई शान्त र सन्तुष्टि दिन हम्मेहम्मे पर्छ। यौन चाहना, स्पर्श तथा यौन क्रियाकलाप र यौन सम्पर्क त टाढाको विषय भैहाल्यो। रजश्वला हुनुभन्दा अगाडिको समयमा महिला यौनको मामलामा निरुत्साहित हुन्छन्। यो समयमा (पुरुष) यौन जोडीले छोएको, माया गरेको, प्रेम दर्शाएको, स्पर्श गरेको तरिका मन नपर्ने भएकाले उनले सहजै स्विकार्न सक्दिनन्।

सामान्यतः रजश्वला हुनु अघि महिला ढोका थुनेर एक्लै बस्न रुचाउँछन्। मोबाइल तथा फोन बन्द गर्न सक्छिन्। त्यस्तो समयमा अनावश्यक रुपमा यौन सम्पर्र्कका लागि प्रस्ताव गर्नु ठिक हैन। यस्तो अवस्थामा उनलाई मन नपरेको विषयका क्रियाकलाप गर्दा उदासिनता, रिस, चिन्ता र आक्रामकता यति धेरै बढ्छ कि उनी आफैँ, यौनजोडी र परिवारलाई समेत हानि पु-याउने जोखिम हुन्छ।

चार सूत्र
रजश्वला अघि अस्तव्यस्त हुने महिलाले चार किसिमका सूचना तथा जानकारी भिते पात्रो वा भित्तामा कुनै कागजमा लेखेर राख्ने बानी बसाल्नु पर्छ। यसरी राखेको खण्डमा समस्याको व्यवस्थापन गर्न सहज हुन्छ।

रजश्वला अघि के–कस्ता लक्षण देखिन्छन् ? रोगको गाम्भीर्यता थाहा पााउने बारे, रजश्वला चक्रको समय सम्बन्ध, लक्षणको आधाररेखाको बारेमा लेखेर भित्तामा टाँस्नाले समस्याको प्रकृतिका बारेमा थाहा पाउन सकिन्छ। जसले यौन जोडी पुरुषलाई पनि रजश्वला अघि कुन अवस्थामा छिन्, भन्ने थाहा पाउन मद्दत पुग्छ। त्यो अवस्थामा पुरुष यौन जोडीले महिलाको मनोदशाअनुसार आफूलाई परिवर्तित गर्नु नै बुद्धिमता हुन्छ।

क्षणमै परिवर्तन
रजश्वला चक्रमा सामान्यतः ‘स्टेरोइड्स्’मा उतारचढाव आउँछ। केन्द्रीय स्नायु संवाहकको प्रत्यासित परिणामले समेत लक्षण देखिन्छन्। केन्द्रीय स्नायु संवाहकमा उतारचढाव हुन्छ। सामान्यतः चाँडै प्रवाहित हुने महिलामा जनेन्द्रियजन्य हर्मनले केन्द्रीय स्नायु संवाहकमा परिवर्तन ल्याउने माध्यम बन्छ। जसको कारण महिलाको मनोदशा तथा बानी–व्यवहारमा गम्भीर किसिमको परिवर्तन आई एक्कासि झड्किने र उत्तेजित हुने सम्भावना हुन्छ। यस्तो अवस्थामा उनलाई यौन सम्पर्क गर्ने इच्छा भए यौन जोडीले यौन सम्पर्क गर्न सकिन्छ। तर इच्छा विपरित भने गर्नु हुन्न।

जनेन्द्रिय स्टेराइडको असरले स्तन दुख्ने, सुन्निने, कब्जियतजस्ता लक्षण देखिन्छन्। ‘स्ट्रोजेन’को असन्तुलनका कारण पनि यस्तो समस्या उत्पन्न हुन्छ। कतिपय अवस्थामा भ्रुण निस्कने समयमा प्रतिस्ट्रोजेन (एन्टी–स्ट्रोजेन) को प्रयोग गरिएको छ भने मनोदशा तथा मनस्थितिमा भंग हुने जोखिम हुन्छ।  गर्भ निरोधकको उपायका रुपमा स्ट्रोजेनको प्रयोग गर्दा यौन जीवनै अस्तव्यस्त बन्न सक्छ।

महिला अस्तव्यस्त भएको अवस्थामा यौन जोडीले जबरजस्त यौन सम्पर्क गर्ने चेस्टा गर्नु भुल हुन पुग्छ। अर्कोतर्फ यस्तो अवस्थामा महिलाको मनस्थिति क्षणभरमै परिवर्तित हुने भएकाले यौन प्रस्ताव तथा सम्पर्क महिलाका लागि गुन पनि हुन सक्छ। इच्छा व्यक्त गरे यौन सम्पर्क गर्न सकिन्छ। त्यसैले महिला यौन जोडीको मनोविज्ञान बुझेर यौन क्रियाकलाप तथा यौन सम्पर्कका लागि प्रस्ताव गर्न सकिन्छ।

थाहा पाउनु आवश्यक
यसरी रजश्वला अघि महिलाको अस्तव्यस्तताका लक्षण थाहा भएको अवस्थामा विशेषगरी यौन जोडीले समस्याको व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुन्छ। कतिपय अवस्थामा मानसिक अस्वस्थता भएका महिलामा रजश्वला अघि यस्तो समस्या झन् बढाउँछ। त्यसैले मनोचिकित्सक तथा मनोपरामर्शदाताकहाँ पुगेर रजश्वलाअघि अस्तव्यस्तताको अवस्था हुन्छ वा हुन्न भन्ने निक्र्योल गर्नु उचित हुन्छ। तल्लो तहका समस्याका लक्षण भने देखिरहेका हुन सक्छन्। त्यसैले रजश्वला अघिको अस्तव्यस्ताको निक्र्योल गर्नु पर्छ। समस्याको निधान नभएको अवस्थामा पुरुष यौन जोडी सजग हुनुपर्छ।

पहिचान आवश्यक
मानसिक रोगका बारेमा थाहा पाउनु पर्छ। मानसिक रोगका बारेमा थाहा नपाउँदा लक्षण कडा हुँदै जान सक्छन्। समस्या भएको खण्डमा मनोपरामर्श तथा मनोचिकित्सकीय उपचार नै समस्या समाधानको अन्तिम विकल्प हो। परिवारिक सहयोग, सहानुभूति र सद्भाव आवश्यक हुन्छ। आत्मसम्मानमा ठेस पु-याउनु हुन्न।
यो समस्याका विषयमा धेरै कम व्यक्तिलाई जानकारी भएको देखिन्छ।

रोगको निदानका लागि परीक्षण हुन आवश्यक छ। अध्ययन अनुसार रजश्वलाअघि महिलाको यस्तो अस्तव्यस्त समस्यालाई स्वयं उनीहरुले निको नहुने समस्याको रुपमा लिइन्छ। उपचार सम्भव छ। तर जथाभावी औषधिको प्रयोग भने गर्नु हुन्न।
प्रस्तुतिः उपेन्द्र खड्का

 

Leave A Comment