‘माया बस्यो’

बुधबार, १५ असोज २०७६, ११ : ०२ शुक्रवार
‘माया बस्यो’

’अच्चम भएको छ मेरो जीवनमा। पाँच फिट सात इन्च घटीको केटो हेर्न पनि मन नलाग्ने मलाई आखिरीमा पाँच फिट चार इन्चको केटोसँग लभ परेको छ। आखिरीमा उसले मेरो मन चो-यो। बाहुनहरु खासै राम्रो नलाग्ने मलाई खै किन हो तिमी राम्रो लाग्यौ।

तिमी मेरो सपनाको राजकुमारभन्दा फरक व्यक्ति हौँ। तर तिमी मलाई एकदमै मन पर्छ।  सुरुमा त आकर्षण मात्र हो कि जस्तो लागेको थियो। हैन रहेछ असाध्यै माया लाग्छ हिजोआज, ९ महिनामा नै कस्तो गाडा भयो है हाम्रो माया। हुन त प्रायजसो खाजाको पैसा मलाई नै तिर्न लगाउँछौँ पेट्रोलको पैसा हाल्देउ भन्छौँ। मान्छे चैँ टपरटुईयाँ लोभी बाहुन नै हौ। तर लाष्टै माया लागेर आउँछ। थाहा छ तिमीले पनि माया गर्छौ। अब तिमीलाई आफ्नो बनाउने धोको छ बाहुन।

Leave A Comment