हललाई दोष

बुधबार, १५ असोज २०७६, १२ : ४३ शुक्रवार
हललाई दोष

फिल्म नचल्नुमा अभिनेत्री रेखा थापाले फिल्म हललाई दोषी देखाउन थालेकी छन्। अनुहार नै नबुझिने पर्दा, बस्नलाई राम्रो कुर्सी नहुने र राम्रोसँग सरसफाइ नै नहुने हलले दर्शक भड्काएको आरोप उनले लगाएकी छन्।

गत विहीबारबाट बानेश्वरमा रहेको आइप्लेक्स हलको उद्घाटन कार्यक्रममा उनले यो आरोप लगाएकी हुन्। रेखालाई फिल्म हलले भन्दा पनि फिल्म गतिलो र दर्शकको मन जित्ने नबनाएको कारण फिल्म नचलेको भन्न भने सकिनन्। राम्रो फिल्म भएपछि दर्शक हलमा होइन, जुनसुकै ठाउँमा बसेर पनि फिल्म हेरेकै छन्। हैन र ?

फिल्म राम्रो नबनाउने अनि कहिले हललाई दोष दिने, कहिले दर्शकलाई दोष दिने, कहिले पत्रकारलाई नै दोष दिने कलाकारहरुको बानी अचम्मको छ भन्या ! विदेशी फिल्म चैँ त्यस्तै हलमा भरिने अनि नेपाली किन नभरिने ? यो प्रश्नको जवाफ त फिल्मकर्मीहरुले गम्भीर भएर सोच्नु प-यो नि !
आफू चैँ नाच्न नजान्ने अनि आँगन टेडो भन्ने ? हेप्या हो दर्शकलाई ?

Leave A Comment