जेठीलाई कान्छीको सम्मान

बुधबार, १५ असोज २०७६, ०१ : ०० शुक्रवार
जेठीलाई कान्छीको सम्मान

रेश्मा गुरुङ ‘कबड्डी’ सिरिजको जेठी नायिका हुन्। किनकि फिल्मको तेस्रो सिरिजमा उपासना सिंह ठकुरीले उनको स्थान लिएकी छन्।

अब फिल्मको दोस्रो सिरिजसम्म हक जमाएर बसेकी रेश्मालाई उपासनाबाट चुनौती त हुने नै भयो ! त्यसैले त फिल्मको तेस्रो सिरिज ‘कबड्डी, कबड्डी, कबड्डी’को प्रिमियरमा यी दुई एकसे एक बनेर आएका थिए।

उपासनाले साडी पहिरेकी थिइन्। उता रेश्मा भने वन पिसमा देखा परिन्। प्रिमियरमा सञ्चालक नरेश भट्टराईले सुरुमै फिल्मबारे बोल्न उपासनातर्फ माइक सोझ्याएका थिए तर उपासनाले रेश्मालाई नै अगाडि बोल्न दिइन्। यो हो नि, जेठीलाई सम्मान गर्ने काइदा !

Leave A Comment