वर्ल्ड टुरमै मख्ख रवि

बुधबार, १५ असोज २०७६, ०१ : ४२ शुक्रवार
वर्ल्ड टुरमै मख्ख रवि

‘नेपाल आइडल’को दोस्रो सिजनका विजेता रवि ओड वल्र्ड टुरका लागि अहिलेसम्म पाँच देश घुमिसके तर सबै यात्रा निःशुल्क। वल्र्ड टुरमा उनको उपस्थिति निःशुल्क रै’छ। घुम्ने, गाउने अनि चित्त बुझाउने ! तर सुक्को नपाउने।

दोस्रो श्रृंखलाका विजेता रविले नेपाल आइडलको तेस्रो श्रृङ्लाको घोषणा कार्यक्रममा उनी आफैँले घुम्न पाइने तर पैसो चैँ नआउने भनेर ‘आइडल’लाई नंग्याइदिए।

उत्कृष्ट छको समूहमा छिर्दा नै वल्र्ड टुरको सम्झौता हुने रहेछ, जहाँ आतेजाते र बस्ने खर्च आयोजकले ब्यहोर्ने तर कलाकारले पैसो चैँ नपाउने ! अब यस्तो शर्तमा हस्ताक्षर गरिसकेपछि जो विजेता भयो, उसलाई पनि यही शर्तले तान्ने भइहाल्यो !

अहिले उनी त्यही शर्तमा बाँधिएका रहेछन् र जहाँ जहाँ कार्यक्रम हुन्छ, खुरुखुरु जाने, घुम्ने, खाने अनि रित्तो हात लुरुलुरु फर्कने रहेछन्। लौ कलाकार नै घुमेकै भरमा चित्त बुझाउँछन् भने यसमा हामीलाई मात्र केको खसखस ?

Leave A Comment