भूमिगत शिल्पा फेला परिन् !

बुधबार, १५ असोज २०७६, ०१ : ५१ शुक्रवार
भूमिगत शिल्पा फेला परिन् !

पति छवि ओझाकी प्रथम श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा अदालतमा हालेपछि अभिनेत्री शिल्पा पोखरेल लामो समय भूमिगत थिइन्। जिल्ला अदालतले छवि–शिल्पा दुवैलाई पक्राउ पूर्जी नै जारी ग-यो। अब अदालत नै पछि लागेपछि एकाएक छायांकनरत फिल्म छोडेर उनी लुकेको हल्ला बजारमा फैलियो।

धन्न सर्वोच्चले तत्काल पक्राउ नगर्नु भनिदियो र अलि सास आयो उनको। अहिले उनी केही कार्यक्रमहरुमा देखिन थालेकी छन्।
हालै, ‘कबड्डी’को तेस्रो सिरिजको प्रिमियरमा उनी पनि थिइन्। उनलाई युट्युबेले घेरिहाले। कडा कडा प्रश्नको ओइरो उनीमाथि आइलागे पनि उनले भने सामान्य नै उत्तर दिएर पिण्ड छुटाइन्। त्यहाँको दृश्यले भूमिगत कालमा उनले धेरै कुरा सिकिछन् क्यार भन्ने देखायो। उनी सम्हालिने प्रयासमा रहिछन्, अब यत्तिका काण्ड मच्चिएपछि त सम्हालिनु परिहाल्यो नि !
कि कसो ?
 

Leave A Comment