रिसाइन किम

बिहिबार, १६ असोज २०७६, १२ : ०५ शुक्रवार
रिसाइन किम

केही दिन पहिले क्लोई कार्दसियनले सामाजिक सञ्जालमा हाफ बिकिनीमा खिचाएको तस्बिर सार्वजनिक गरिन्। जसमा उनी निकै गर्जियस देखिएकी छन्। उनको सो तस्बिर फ्रेस भने रहेनछ। केही समय पहिला उनी भ्याकेसनमा जाँदा खिचेको तस्बिर उनले अहिले आएर सेयर गरेपछि गसिप त बन्ने नै भयो।

ब्ल्याक बिकिनीमा उनको बडी पोस्चर मज्जाले खुलेको छ। उनको तस्बिर सार्वजनिक भएकै बेला उनकी दिदी किम र केन्डर जेनर एक अवार्ड समारोहमा अट्टहास हाँसेको कारण समाचारमा छाइरहेका थिए।

एमी अवार्डमा यस्तो भएको थियो। त्यो बेला उनी कार्यक्रममा सहभागी थिइनन्। उनका प्रायः पोस्टमा किमको कमेन्ट आइहाल्थ्यो। त्यो फोटोमा भने कमेन्ट नआएपछि यी दिदीबहिनीबीच खटपट भएको धेरैले आशंका गरे।
 

Leave A Comment