एलिसालाई उपाधि

बिहिबार, १६ असोज २०७६, १२ : ४७ शुक्रवार
एलिसालाई उपाधि

फेवा डान्सिङ एकेडेमीको आयोजनामा पोखरामा भएको ‘ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६’ को उपाधि एलिसा गुरुङले जितेकी छन्। पोखरा उद्योग वाणिज्य संघको हलमा शनिबार भएको ग्राण्ड फिनालेमा पोखरा–१३ माटेपानीकी एलिसाले १५ प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो संस्करणको उपाधि जितेकी हुन्। प्रतियोगिता लेखनाथकी श्रृष्टि राईभाट फष्ट रनरअप, लेखनाथकै खुसी गुरुङ सेकेण्ड रनरअप तथा आकांक्षा गुरुङले थर्ड रनरअप भइन्।

भ्युअर च्वाइस अवार्ड लेकसाइडकी पाँच वर्षीया प्रतिस्पर्धी रितिसा श्रेष्ठले जित्दा वेष्ट कोरियोग्राफीको उपाधि सजना गुरुङको पोल्टामा गयो। जितसँगै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतिस्पर्धीले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँसहित प्रमाण–पत्र, म्युजिक भिडियो, जोमसोम घुम्ने प्याकेज तथा अन्य आकर्षक गिफ्ट ह्याम्पर पुरस्कार  पाए। प्रतियोगिताको ग्राण्ड फिनालेसम्म आइपुग्दा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ६० बढी प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए। ग्राण्ड फिनालेमा अमन तामाङ, राहुल थापामगर, युवराज गुरुङ र लब्सन गुरुङ निर्णायक थिए।

Leave A Comment