सभागृहमा पर्वत साँझ

बिहिबार, १६ असोज २०७६, ०२ : ४० शुक्रवार
सभागृहमा पर्वत साँझ

काठमाडौंको राष्ट्रिय सभागृहमा ‘पर्वत संगीत साँझ’ आयोजना हुने भएको हो। ‘पर्वत कलाकार समाज नेपाल’ले असोज १६ गते कार्यक्रमको आयोजना गर्न लागेको हो।

कार्यक्रममा विमलराज क्षेत्री, कुलेन्द्र विश्वकर्मा, कस्तुप पन्त, अमृत क्षेत्री, कृष्ण समीप सुवेदी, याम क्षेत्री, प्रल्हाद सुवेदी, कुमार केसीलगायत काठमाडौं तथा मोफसलमा रहने पर्वते कलाकार सहभागी हुनेछन्। अतिथि कलाकारको रुपमा शर्मिला गुरुङ्ग र देवी घर्ती सहभागी हुने आयोजकले जानकारी दिएका छन्।

समाजका अध्यक्ष कस्तुप पन्तका अनुसार कार्यक्रमबाट २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिने लक्ष राखिएको छ। कार्यक्रममा गायकद्वय कुलेन्द्र विश्वकर्मा र अमृत क्षेत्रीलाई सम्मान गरिने आयोजकले बताएका छन्।

Leave A Comment