विनिताको सरप्राइज

बिहिबार, १६ असोज २०७६, ०३ : ०८ शुक्रवार
विनिताको सरप्राइज

अमेरिका पलायन भएकी ‘चपली हाइट’ गर्ल विनिता बरालले बिहे गरेको घोषणा गरेको त्यस्तै चार महिना पुग्न लाग्यो। उनले अमेरिकातिरै भेटिएका नेपाली युवासँग विवाह भएको बताएकी थिइन् तर चार महिनापछि उनी पुट्ट भएको बेबी बम्पको तस्बिरसहित सामाजिक सञ्जालमा झुल्किएर सबैलाई सरप्राइज दिइन्।

जेठमा त हो उनले अमेरिकामा नै बस्दै आएका प्रेमी तिलक पौडेलसँग विवाहको घोषणा गरेको ! बिहे अगाडिसम्म त उनले भाइ भन्दै आएकी थिइन् पौडेललाई। भाइ एकाएक प्रेमी बने अनि प्रेमी श्रीमान् ! यो त ठीकै छ। विवाह गरेको चार महिनामा गर्भवती हुनु पनि ठूलो कुरो भएन तर सानी विनिता जन्मन लागेको भन्दै उनले जुन तस्बिर पोस्टेकी छन्, त्यसले उनको गर्भको समय चार महिना मात्रै देखाउँदैन है !

Leave A Comment