यसरी हटाउने ओठको कालोपन

सोमबार, २४ साउन २०७३, ०१ : १० शुक्रवार , Kathmandu
यसरी हटाउने ओठको कालोपन

स्क्रब
चिनीमा अलिकति जैतुनको तेल मिसाउने र ओठमा यसको लेप रगड्ने । केही बेर रगडेपछि यसलाई चिसो पानीले धुने र पुछेपछि लिप म्वइस्चराइजर लगाउने । सातामा एकपटक यसो गर्नाले ओठको कालोपन हराउँदै जान्छ ।
कागती
राति सुत्नुअघि कागती निचोरेर यसको रस ओठमा लगाउने । केही महिनासम्म दिनहँु यसो गर्नाले ओठ रातो हुँदै जान्छ । यसो गर्दा पनि ओठको कालोपन हटेन भने कागतीको चानामा चिनी छर्किने र ओठमा रगड्ने गर्नुपर्छ ।
चुकन्दर
चुकन्दरलाई राम्रोसँग पिसेर यसको रस निकाल्ने र राति सुत्नुअघि यसलाई ओठमा दल्ने । चुकन्दरको जुस रातो हुन्छ, जसकारण यो ओठमा लगाउनाले ओठ पनि रातो हुँदै जान्छ ।
गाजर
गाजर र चुकन्दर समान मात्रामा पिसेर रस निकाली यसले १० मिनेटसम्म ओठमा मसाज गर्ने र मनतातो पानीले धुने । दिनहँु यसो गर्नाले ओठको कालोपन कम हुँदै जान्छ ।
 

 

Leave A Comment