जातले तनाव

मङ्गलबार, २१ असोज २०७६, १२ : १९ शुक्रवार
जातले तनाव

म एउटा केटा सँग रिलेसनमा रहेको २ वर्ष भयो। हामी एक अर्कालाई धेरै माया गर्छौैँ। एकअर्कामा छुट्टिएर बस्न सक्दैनाैँ। हामी बिहे गर्न चाहन्छौँ तर विहे असम्भव छ। किन भने उसको र मेरो जात मिल्दैन। ऊ परिवारको एक्लो छोरा भएको कारण परिवारको मन दुखाएर बिहे गर्न पनि मान्दैन र म सँग सम्बन्ध तोड्न पनि सक्दैन। उसको परिवार जातको मामिलामा कडा भएको कारण उसले डराएर घरमा भन्न सकेको पनि छैन।

उसले मेरो धेरै ख्याल गर्छ तर जातकै कारण गुमाउन पनि चाहन्छ। मेरै कारण उसलाई धेरै तनावमा देख्छु। उसलाई तनाव नहोस् भनेर टाढा हुन खोज्छु तर सक्दिन। म के गरम कसो गरमको अस्थामा छु। उसको परिवारलाई कसरी भन्ने होला म धेरै चिन्तामा छु।
नेप्लीज टिनेजर्स कन्फेसन

Leave A Comment