मनको कुरा बुझौं

मङ्गलबार, २१ असोज २०७६, ०२ : ४३ डा. दिनेश बाँस्ताेला
मनको कुरा बुझौं

रजश्वला हुनु अघि महिलामा देखिने समस्या, लक्षणलगायतका विषयमा यस अघिका अंकमा चर्चा गरियो। अब चर्चा गरौँ रजश्वला अघि महिलामा हुने समस्याको उपचार विधि र उपचारमा यौन जोडीको भूमिकाका विषयमा। यस्ता समस्याको लक्षण तथा चिह्न छुट्याउन सकिन्छ। लक्षण तथा चिह्नको आधारमा समस्या कति गम्भीर वा सामान्य किसिमको हो भन्ने थाहा पाउन सकिन्छ।

यस्ता लक्षण तथा चिह्न थाहा पाउने मामिलामा यौन जोडी तथा परिवार भने चनाखो हुन आवश्यक छ। चिह्न तथा लक्षणकै आधारमा  गाम्भीर्यता हेरी उपचार विधि अपनाउन सकिन्छ।

सञ्चारको भूमिका
यस्तो समस्याले पीडित भएका महिलाको समस्या समाधानका लागि यौनजोडीले जीवनशैली परिवर्तन गराउन भूमिका खेल्न सकिन्छ। त्यसो त महिलाको पनि भूमिका नहुने हैन।

यौन जोडी, परिवार, आफूप्रति सहानुभूति राख्ने व्यक्ति तथा चिकित्सकलाई आफ्नो समस्याको बारेमा खुलेर बताउनु पर्छ। यस्तो बानीले एक त अनुभवीले पनि आफूले जानेको उचित सुझाव दिन सक्छन्। यौन जोडीलाई बताउँदा उसले समस्या समाधानका लागि उचित सल्लाह दिन सक्छ। त्यसैगरी चिकित्सकलाई बताउँदा उपचार गर्न सहज हुन्छ।

रजश्वला अघि हुने समस्याका कारण तनाव लिए यौन जोडीले समस्याको उचित व्यवस्थापन गर्न सहयोग गर्न सकिन्छ। रजश्वला अघिको तनावमा महिलाले झगडालु स्वभाव देखाउन सक्छिन्, यौन सम्पर्कका लागि अनिच्छा व्यक्त गर्न सक्छिन्। यस्तो अवस्थामा यौन जोडीले झगडा गर्नु हुन्न। वादविवाद गर्नु हुन्न। समस्याको कारण महिलाले यस्तो व्यवहार देखाएकी हुनु पर्छ। यौन जोडीले यस्तो अवस्थामा शान्त रहन प्रेरित गर्नुपर्छ।

रजश्वला अघि समस्या भएको अवस्थामा क्लिनिकल मनोविद्को सामूहिक छलफल तथा परामर्श गर्नाले आराम पु-याउँछ। मनोविद्सँग परामर्श लिनु उचित हुन्छ।

कतिपय महिलामा तीन हप्तासम्म रजश्वला अघि हुने समस्या आउन सक्छ। २८ रजश्वला चक्रमा तीन हप्तासम्म समस्या हुँदा महिलाले एक हप्तामात्रै आरामको अवस्था आउन सक्छ। यसमा महिला स्वयंम सजग हुनु पर्यो नै यौन जोडीले समेत महिला यौन जोडीमा समस्या भए वा नभएको बारे समस्याको लक्षण तथा चिह्न थाहा पाउन आवश्यक हुन्छ।

खानपान
रजश्वलापूर्वको अवस्थामा महिलाको शरीर फुल्ने तथा तनाव बढ्ने जस्ता समस्याका लक्षण तथा चिह्न देखिन्छन्। फुलेको अनुभूति भए पनि शारीरिक ढाँचामा भने परिवर्तन हुन्न।

शरीरको तौल बढेको हुन्न। कतिपयको भने यस्तो अवस्थामा नुन तथा भात कम खाँदा २४ घण्टामा वास्तविकरुपमै ५ किलोसम्म तौल बढेको हुन्छ। यसरी शरीर फुल्नु असामान्य अवस्था हो।

सामान्यतः यस्तो अवस्थामा परिस्कृत चामलका परिकार र नुन कम खानु उचित हुन्छ। रजश्वला अघि समस्याको अस्तव्यस्तताको समयमा नुन र मिठाई खाने तिब्र इच्छा हुन्छ।

सामान्यतः रजश्वला भएको १४ देखि २८ दिनसम्म समस्याको लक्षण देखिन सक्छ। ‘मोलिनिना’, रजश्वला हुनु भन्दा केही दिन अघिका (पूर्व रजश्वला) लक्षणहरु तथा निरुत्साहित अस्तव्यस्तता नितान्त सामान्य रजश्वलाभन्दा फरक समस्या तथा रोग हुन्। ‘मलिनिमा’ भनेको महिनावारीपछि हुने लक्षणको जमात हो। यसमा महिलालाई थाहा नहुन सक्छ। त्यसैले यौन जोडीले महिलाको समस्या मध्यनजर गरी खानपान तथा उपचारमा सहयोग गर्नुपर्छ। महिला यौन इच्छा मेटाउने साथी मात्रै नभएर सुखःदुःखकी सारथी हुन्।

सन्तुलित पोषणमा ध्यान दिइयो भने यस्तो समस्या घटाउन सकिन्छ। समस्या भएको समयमा स्तनमा कडा किसिमको दुखाई हुन्छ। त्यसैले यस्तो समयमा यौन जोडीले स्तन नचलाउनु नै उचित हुन्छ। यस्तो अवस्थामा दुखाई कम गर्ने औषधि खान सकिन्छ।

कफी, चिया, रक्सीजस्ता पेय पदार्थ कम गर्नाले भने बढी असर हुनबाट बच्न सकिन्छ। जसले तनाव तथा निद्रा नलाग्ने समस्याबाट बच्न सकिन्छ। यस्तो समस्या भएको अवस्थामा मदिरा सेवन गर्नुहुन्न।

मदिरा सेवन गर्दा यौन जोडीमा बेमेलको अवस्था भएर सम्बन्ध विच्छेदको अवस्था आउन सक्छ। त्यसैले क्षणिक आनन्दको रुपमा मदिरा सेवन गर्नु उचित हुन्न। यसरी मदिरा सेवन गर्ने तथा तनाव बढ्दै जाँदा यौन जोडीमा यौन असन्तुष्टि पैदा भएर यौन जोडीबीचमा शंका उत्पन्न भई सम्बध विच्छेदको अवस्था आउन सक्छ। त्यसमा यौन जोडी सजग हुन आवश्यक छ। यौन जोडीले यस्तो अवस्थामा महिलालाई मदिरा सेवन नगर्न उचित सल्लाह दिनुका साथै रिझाउनु पर्छ।

रजश्वला अघि समस्या हुने महिलाले कम खाना खाएर आफ्नो मनोदशाको उत्तरचढाव कम गर्नु उपयुक्त हुन्छ। यस्तो अवस्थामा शरीरले ग्लुकोज लिन सक्दैन। कार्बोहाइडे«डजन्य खानाले मनोदशा उत्तरचढाव गराउँछ भनिन्छ।

व्यायाम
समस्या कम गर्ने एक उपाय हो, व्यायाम। वायुजन्य  व्यायाम गर्नाले ‘नोलिनिना’ कम गर्छ। हिँड्नु, दौडनु, साइकल कुदाउनु, उफ्रने, खेलकुदजस्ता व्यायाम वायुजन्य व्यायामअन्तर्गत पर्छन्।  समस्याको पीडा कम हुन्छ। तर यस्तो व्यायामले अस्थायी रुपमा केवल लक्षण मात्रै कम गर्न मद्दत गर्छ।  नियमित व्यायाम गर्नाले जीवन पद्धतिमा परिवर्तन भई तनाव कम हुने भएकाले समस्याबाट केही हदसम्म भए पनि छुट्कारा पाउन सकिन्छ। यौन जोडी भएको अवस्थामा व्यायाम गर्दा भने यौन जोडीसँगै गर्नु उपयुक्त हुन्छ।

यौन जोडीसँग व्यायाम गर्नाले भावना साट्न तथा मनका बह पोख्न सहजता हुन्छ, जसका कारण महिलाले आफ्नो पीडा भुली शरीर हल्का भएको महसुस गर्न सक्छिन्। व्यायामको समयमा समेत महिलाले रिस तथा उत्तेजना पोख्ने उपयुक्त पात्र यौन जोडी भएकाले यौन जोडीसँगै व्यायाम गर्नु उपयुक्त हुन्छ। व्यायाम गर्न यौन जोडीले उत्प्रेरणा जगाउन सकिन्छ।

यदि यस्ता विधि अपनाउँदा समस्याको समाधान भएन भने उचित चिकित्सकीय उपचार अपनाउनु उचित हुन्छ। चिकित्सकीय उपचारका लागि पनि यौन जोडी सँगै जानु उचित हुन्छ। किनकी कतिपय महिलाले खुलाउन असहज मानेको समस्या पुरुष यौन जोडीले खुलाएर चिकित्सकिय उपचार पद्यती अपनाउन सहज हुन्छ।

चिकित्सकीय हस्तक्षेप
सामान्यतः अधिकांश महिलामा रजश्वला अघिका समस्याका लक्षण तथा चिह्न देखिन्छ। कति असर गरेको छ भन्ने विषय भने समस्याका तहमा भर पर्छ। समस्याको समाधान चिकित्सकीय उपचार पद्धतिबाट गर्न सकिन्छ। समस्या समाधानका लागि चिकित्सककहाँ यौन जोडीलेनै लानु उपयुक्त हुन्छ।

यौन जोडी नजिकको साथि हुने भएकाले उसलाई  समस्याबारे धेरै थाहा हुन्छ। चिकित्सकीय उपचारका लागि मनोविद्, मनोचिकित्सक र स्त्रीरोग विशेषज्ञले रोग खुट्याउने काम गर्छन्। चिकित्सकले कतिपय अवस्थामा अलि कडा भइ उपचार विधि अपनाउन सक्छन्।

चिकित्सकीय उपचार पद्धतिमा तनाव कम गर्ने उपायको बारेमा सुझाव दिइन्छ। परामर्श दिइन्छ। सामान्य रुपमा लिन तथा यस्तो समस्यामा तनाव नलिन सुझाव दिइन्छ। यस्तो परामर्शको माध्यमबाट गरिने उपचार पद्धतिले ठिक नभएको अवस्थामा भने महिलाको उपयुक्त समयमा दुवै भु्रणाशयको क्षेदन गर्ने उपचार विधि अपनाइन्छ। समस्या समाधानकोलगि चिकित्सकको सल्लाहमा यौन जोडी सचेत हुनु पर्छ। किनकी महिलालाई रजश्वलाको कारण समस्या भएको हो भन्ने थाहा नहुन सक्ने भएकाले तनाव व्यवस्थापनकालागि त यौन जोडीले सकारात्मक भूमिका खेल्नु आवश्यक हुन्छ।

महिलाको यस्तो ठूलो समस्याका विषयमा यौन जोडी पनि सचेत हुन आवश्यक छ। रजश्वला हुनुअघिको शारीरिक तथा मानसिक रुपमा हुने समस्या प्राकृतिक समस्या हो भन्ने कुरा दुवै यौन जोडीले बुझ्न जरुरी छ। यौन जोडीले महिलालाई समस्या भएको अवस्थामा यौनका दृष्टिले मात्रै हेर्नु हुन्न। यौन त जीवनको एउटा भाग मात्रै हो। जीवन खुसी भई बाँच्नुपर्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment