काम अनुसारको नाम

बिहिबार, २३ असोज २०७६, १२ : ४६ शुक्रवार
काम अनुसारको नाम

अभिनेता भुवन केसी हालै साम्तेन भुटियाको फिल्ममा अनुबन्धित भए। फिल्मको नाम हो, ‘धुपौरे’। यसपालि अनमोलको स्वभाव अनुसारको फिल्म उनको भागमा परेको छ किनकि अनमोल बुबा भुवन केसीको धुपौरे नै हुन् क्यारे ! जसोजसो बुबा, उसैउसै छोरा ! उनलाई बुबाकै कुरा सही जो लाग्छ ! फिल्म क्षेत्रमा उनी बुबा भुवनले नै देखाएको पथमा हिँडिरहेका छन्। जे होस्, यसपालि भने अनमोलले आफू सुहाउँदिलो फिल्मको शीर्षक छाने !

अब साम्तेनको निर्देशकीय कौशलले अनमोल कत्तिको सही धुपौरे देखिन्छन् त, चासो बढेर गएको छ। स्वभाव अनुसारको काम गर्न लागेका ‘धुपौरे’लाई अहिलेलाई बधाई नै भन्नुपर्ला, हैन त ?

Leave A Comment