शुसिलको दशा

बिहिबार, २३ असोज २०७६, ०१ : १० शुक्रवार
शुसिलको दशा

नायक सुशिल श्रेष्ठलाई तनावमाथि तनाव थपिएको छ। डेंगुले सताएपछि उनी लामो समय बेड रेस्टमा बसे। दुई फिल्म लभ ‘डायरिज’ र ‘बादशाह जुट’को प्रदर्शन ताका उनीमाथि अर्को समस्या आइपरेको छ। उनको फेसबुकको अफिसियल पेज कसैले ह्याक गरिदिएका छन्।

एउटा समस्या नहट्दै अर्को समस्या थपिँदा शुसिललाई दशा लागे झैं भएको छ। पेज ह्याक भएको जानकारी उनले समाजिक सञ्जाल फेसबुक मार्फत दिएका हुन्। दुई फिल्मको प्रमोसन हिँड्ने बेला सुशिललाई यसरी समस्याले लखेट्न थालेको छ।

Leave A Comment