खोई त फिल्म ?

बिहिबार, २३ असोज २०७६, ०१ : ४५ शुक्रवार
खोई त फिल्म ?

नायिका सन्ध्या केसी अहिले फिल्म नगरीबाट हराएकी छन्। पछिल्लो समय ‘कथा काठमाडौं’ गरेकी सन्ध्याको हातमा अहिले फिल्म छैन। ‘कथा काठमाडौं’अघि उनले ‘पण्डित बाजेको लौरी’ फिल्म गरेकी थिइन्। दुवै फिल्ममा उनले अभिनयको तारिफ बटुलेकी थिइन्।

तर, दुवै फिल्म बक्स अफिसमा असफल रहे। टिभी होस्ट हुँदै अभिनय थालेकी सन्ध्याले लिड अभिनय गरेको अर्काे फिल्म ‘ह्याप्पी न्यु इयर’ पनि बक्स अफिसमा पानी भन्न पाएन।

यस्तो बेलामा राम्रो फिल्मको पर्खाइ स्वाभाविक पनि हो। हातमा फिल्म नभएपछि आफू कतै हराएकी छैन भन्ने सन्देश दिन सन्ध्या हिजोआज सामाजिक सञ्जालमा सक्रिय हुने गरेकी छन्। हुन पनि हिजोआज काम नपा बुहारी फेसबुक चलाएर बस् भन्ने उखान त्यसै बनेको होइन !

Leave A Comment