भुवनको हतारो

बिहिबार, २३ असोज २०७६, ०२ : २६ शुक्रवार
भुवनको हतारो

अभिनेता भुवन केसीले हालै छोरा अनमोल केसीसँग नयाँ फिल्म ‘एन्टिहिरो’  घोषणा गरिसकेका छन्। फिल्म घोषणासँगै भुवनले आफ्नो फेसबुकमार्फत फिल्मको प्रचार थालिसकेका छन्। उनी हिजोआज त हरेक तस्बिरसँगै ‘एन्टिहिरो’ लेख्दै पोस्ट्याउन थालेका छन्।

फिल्ममा उनी नेगेटिभ अर्थात् एन्टिहिरोको रुपमा देखिँदैछन्। त्यसैले त उनी आफूलाई एन्टिहिरो ठान्न थालेका छन्। हालै, उनी बैंकक बिदा मनाउन पुगेका थिए। बैंककबाट सार्वजनिक गरेका तस्बिरमा उनले ‘एन्टिहिरो इज कमिङ’ भनेर लेखेका थिए।

जे होस्, यसबाटै पर्दामा छोरा अनमोलसँग देखिन भुवनको कति उत्कट चाहना छ भन्ने देखाउँछ। तर, पछिल्लो समय भुवनले निर्माण गरेका अधिकांश फिल्मले सकारात्मक समीक्षा पाउन सकेका छैनन्।

त्यसैले फिल्म बन्नुअघि फिल्मको प्रचार छोडेर भुवनले फिल्मको कन्टेन्टमा ध्यान दिँदा छोरा अनमोलको फिल्म करियरका लागि मात्र होइन, उनको खल्तीका लागि पनि राम्रै हुन्थ्यो, होइन त ?

Leave A Comment