विराजको कमब्याक

शनिबार, २५ असोज २०७६, ०१ : १२ शुक्रवार
विराजको कमब्याक

नेपाली भाषाको फिल्ममा राम्रै जमिरहेका अभिनेता विराज भट्ट एकाएक भोजपुरी फिल्मतिर लागे। एक समय उनी त्यता राम्रै जमे पनि। बिस्तारै जब उनको माग घट्न थाल्यो, नेपाली फिल्मतिरै उनी चल्मलाउन थालेका छन्। फर्कन त फर्किए तर के गर्नु ? निर्माता– निर्देशकले नै पत्याइदिएनन्। पत्याउनु पनि कसरी ? माग हुँदा हिँडेका उनी फर्कंदा उनको ठाउँमा बजारमा अर्कैको हालिमुहाली चलिसकेको जो थियो !

कसैले वास्ता नगरेपछि उनी आफैं फिल्म बनाउनतिर लागे। यस बीचमा उनले ‘जय परशुराम’ पनि खेलेका थिए तर त्यो फिल्म कतिखेर रिलिज भयो अनि हलबाट उत्रियो, दर्शकले पत्तै पाएनन्। शिवरात्रिमा फिल्म ‘साङ्लो’ रिलिज गर्ने मुडमा रहेका विराज अहिले काममा खटिएका छन्। यसबाट उनले दर्शकलाई आफू फर्किएको सन्देश दिने हुन् या करिअरसँगै पैसो डुबाउने हुन्, यसै भन्न सकिने अवस्था छैन है !
हामी त चाहन्छौँ, उनको डुबिरहेको करियर ‘साङ्लो’ले मज्जाले कसिदियोस् र बचाओस् डुब्नबाट !

Leave A Comment