बलिउड बादशाह खानलाई 'जोय फोरम २०१९’ सम्मान

बुधबार, २९ असोज २०७६, १२ : ०४ शुक्रवार
बलिउड बादशाह खानलाई 'जोय फोरम २०१९’ सम्मान

बलिउड बादशाह शाहरूख खानलाई साउदी अरबको राजधानी रियादमा उनले विश्वको फिल्म उद्योगमा दिएको योगदानको सम्मानस्वरूप ‘जोय फोरम २०१९’ बाट सम्मान गरिएको छ। जनरल इन्टरटेनमेन्टका संस्थापक टर्की आललशिखले आफ्नो ट्विटमा 'जोय फोरम २०१९’ को भिडियो सार्वजनिक गरेका छन्।

जिरो फिल्मका अभिनेता खानले सम्मान भएकोमा साउदी अरबप्रति कृतज्ञता व्यक्त गरे। उनी पहिलोपटक साउदी अरब आएको र यहाँको माया र सम्मानका लागि धन्यवाद दिएको भिडियोमा देखिन्छ। उनीसँगै एउटै स्टेजमा अभिनेता जैकी चान, जेसा मोमोआ र जीन–क्लायड भ्यान डम्मे पनि देखिएका थिए।

साहरुखले साउदी अरबमा सिने क्षेत्रमा भएको विस्तारको प्रशंसा गर्दै आफ्नो आगामी गन्तव्यको बारेमा छिट्टै सार्वजनिक गर्ने भिडियोमा भनेका छन्।

Leave A Comment