युवा बैज्ञानिक रसिया गए

बिहिबार, ३० असोज २०७६, ११ : ३८ शुक्रवार
युवा बैज्ञानिक रसिया गए

नेपाल पोलिमर इन्स्टिच्यूट काठमाडाैंको नेतृत्वमा रसियाको याकुचमा हुन गइरहेको आठौं एसिया प्यासिफिक युवा वैज्ञानिक (एपीसीवाइयस २०१९) अन्तर्राष्ट्रिय सम्मेलनमा नौ उच्च माध्यमिक विद्यालयका विद्यार्थी सहभागी हुने भएका छन्।

अक्टोबर १४–१९, २०१९ मा आयोजना हुने कार्यक्रममा सहभागी हुन अबिन भगौली, अर्जुन सारु, श्वराज सागर प्रधान, आस्था शाह, विवेक ढुंगाना, दीक्षा संजेल, ऋषि गुप्ता, कृतिस पोखरेल लगायतका नौ युवा वैज्ञानिकहरु गएका छन्।

कार्यक्रममा सहभागी हुन प्राध्यापक डा. शर्मिला अमात्य, डा. शान्ता पोखरेल, विनोदकुमार दुलालसहित बाह्रजनाको टोली रसिया गएका हुन्।

नेपाल पोलिमर इन्स्टिच्यूटको आयोजनामा भएको राष्ट्रिय स्तरका युवा वैज्ञानिकको समिट (वाइयसयस–२०१९) मा सहभागीहरुबाट उत्कृष्टलाई रसियाका लागि छानिएको हो।

सम्मेलनमा विश्वका २३ राष्ट्रका विद्यार्थी सहभागीहुँदैछन्। नेपालबाट गएका युवा बैज्ञानिकले उनीहरुसँग वैज्ञानिक योजनामा  प्रतिस्पर्धा गर्नेछन्।

Leave A Comment