फ्रान्सको कार्ड प्रिन्टर नेपालमा

शनिबार, ०२ कार्तिक २०७६, १२ : ५९ शुक्रवार
फ्रान्सको कार्ड प्रिन्टर नेपालमा

बार कोड नेपाल इंक प्रालिले जिनियस ब्रान्डको कार्ड प्रिन्टर नेपाली बजारमा ल्याएको छ। बार कोड नेपाल इंक प्रालि विश्व प्रसिद्ध कार्ड प्रिन्टर निर्माता इभोलिस फ्रान्सको नेपालको अधिकारिक बिक्रेता हो।

बैंक, इन्सुरेन्स, अस्पताल, स्कुल, कलेजहरुलाई लक्षित गरी जिनियस कार्ड प्रिन्टर नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ। बैंकिङ कार्डहरुमा थर्मल माध्यमद्वारा कलर र मोनोक्रोममा प्रिन्ट गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

यो प्रिन्टर निर्माण गर्दा रिसाइकल गरिएका सामग्रीको प्रयोग गरी प्रिन्टरको साइज सानो बनाइएको कारण वातावरण मैत्री भएको कम्पनीको भनाइ छ। सो प्रिन्टरबाट १ घण्टामा  एक सय ५० रंगिन कार्ड र ५ सय मोनोक्रोम कार्ड  तीन सय डिपीआइमा छाप्न सकिने कम्पनीले जानकारी दिएको छ।

यसमा वित्तीय संस्थाहरुलाई आवश्यक पर्ने म्याग स्ट्रिप, कन्ट्याक्ट, कन्ट्याक्टलेस इन्कोडरहरु जडान गर्न मिल्ने बनाइएको छ। २ वर्ष वारेन्टी रहेको यस प्रिन्टर खरिद गरेको १ वर्षसम्म काठमाडौं उपत्यकाभित्र जडान गरिएको स्थानमा टेक्निकल सपोर्ट उपलब्ध गराइने कम्पनीले जनाएको छ।

Leave A Comment