प्रोडक्ट रिभ्यु : साहसिक बाइकिङ एक्स्पल्स २००

शनिबार, ०२ कार्तिक २०७६, ०१ : ०६ शुक्रवार
प्रोडक्ट रिभ्यु : साहसिक बाइकिङ एक्स्पल्स २००

हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङले प्रिमियम मोटर साइकल –एक्स्पल्स २०० सार्वजनिक गरेको छ।

यसको मूल्य तीन लाख ८५ हजार छ। साहसिक बाइकिङ समूहअन्तर्गत पृथक र विशेषतायुक्त एक्स्पल्स २००  देशभर रहेका नेपाल जनरल मार्केटिङले सम्पूर्ण डिलरहरुमा उपलब्ध गराउने जानकारी दिएको छ।

एक्स्पल्स २०० बिक्री सुरु गरेको केही महिनामा भारतमा उच्च बिक्री हुने एडभेञ्चर बाइकको सूचीमा परेको थियो। ल्याटिन अमेरिकाजस्ता विश्वबजारबाट समेत यसले सकारात्मक प्रतिक्रिया पाएको नेपाल जनरल मार्केटिङले जनाएको छ।

यस अघि सार्वजनिक भएका दुई मोटरसाइकल एक्स्पल्स २००  एस र एक्स्पल्स २०० टि नयाँ प्रिमियम समूहका मोटरसाइकलका साथ हिरो मोटरकर्पले नेपालमा प्रिमियम मोटरसाइकलको वर्गमा आफ्नो उपस्थिति बलियो हुने अपेक्षा गरेको छ।

२ सय सिसिको इन्जिन
एक्स्पल्स २०० मा २ सय सिसि सिभिकार्बुरेटर इन्जिन जडान गरिएको छ जसले १८.४ पिएस पावर र १७.१ एनएम टर्क प्रदान गर्ने क्षमता राख्छ। यो मोटरसाइकल सुरक्षा र सुविधाजनक गुणका विशेषताले भरिएको छ। जसमा एकल च्यानल एबिएस, मोड मोडको परिचालन, एलइडी हेड ल्याम्प र टेल ल्याम्प, ब्लुटुथसहितको डिजिटल गति सूचक यन्त्र, टाइ प्वाइन्टयुक्त ठूलो आसन र रबर प्याडहरुको साथमा सामान राख्ने प्लेट रहेका छन्।

यसमा रहेको  मोनो शकले कुनै पनि स्थानमा गति लिन मजबुती प्रदान गर्दछ। एक्स्पल्स २००  चकलेटी चमकदार रातो, कालो, हल्का सिल्ड सुनौलो र हल्का एक्सिस कैलो गरी ४ रङ्गमा उपलब्ध छ।

Leave A Comment