१० लाख सहयोग

शनिबार, ०२ कार्तिक २०७६, ०१ : २६ शुक्रवार
१० लाख सहयोग

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले मानवसेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले २४ वर्ष पूरा गरेको अवसर पारेर आश्रमलाई सहयोग उपलब्ध गराइएको विज्ञप्तिमा जनाएको छ।

मानव सेवा आश्रम भक्तपुर शाखाको गृहप्रवेश र उद्घाटन समारोहमा कम्पनीले उक्त रकम हस्तान्तरण गरेको जनाएको छ।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्र्रधानमन्त्री केपी शर्मा ओलीले वल्र्डलिंकका कार्यकारी निर्देशक विजय जालानलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए।

कम्पनीले आश्रमलाई १० लाख रुपैयाँका साथै संस्थाका नेपालभर रहेका शाखामा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेको छ।

Leave A Comment