जोगी निर्माता

मङ्गलबार, ०५ कार्तिक २०७६, ०१ : ४७ शुक्रवार
जोगी निर्माता

कलाकार निर्मल शर्मा ‘गैंडा’ले सामाजिक सञ्जालमा हालै एक सेल्फी तस्बिर राखे। तस्बिरमा उनका पछाडि पाँच जना साधु उभिएका छन्। उनले उक्त सेल्फी तस्बिरको क्याप्सन लेखे, ‘बिहानै, अनभिज्ञ पूर्व चलचित्र निर्माताहरु जस्तै लाग्ने एक हुलसँग सेल्फी !’ एकपछि अर्को नेपाली फिल्म फ्लप भइरहेका छन्।

फिल्म नचलेपछि निर्माता डुब्ने नै भए। फिल्म व्यापार भनेको के हो बुझ्दै नबुझी मोज गर्न पाइन्छ भनेर पनि फिल्म लाइनमा आउँदा फिल्म डुबेर घरबार डुबेका टन्नै निर्माता छन्।

मोज गर्ने सुरमा फिल्ममा आउँदा टाट पल्टिएर सडकबास भएकाहरुलाई कलाकार शर्माले तस्बिरबाटै भए पनि गजबकै व्यङ्ग्य कस्न त कसे तर बुझ्नेले बुझिदिए पो !
तर पनि यस्तो सचेतना कार्यक्रममा लागिरहनुपर्छ निर्मलजी !

Leave A Comment