ज्योतिलाई बिहे गर्ने हतारो

मङ्गलबार, ०५ कार्तिक २०७६, ०१ : ५४ शुक्रवार
ज्योतिलाई बिहे गर्ने हतारो

गायिका ज्योति मगरलाई बिहे गर्ने हतारो छ। अब हुर्केकी छोरीलाई बिहेको दबाब पनि हुँदो हो। सायद ज्योति राम्रो वरको खोजीमा छिन् क्यार !

अब मन मिल्ने साथी भएको भए पनि लगन कसिहाल्थिन् होला ! तर विचरी ज्योति अहिले सिंगल छिन्। उमेर बढ्दै गएपछि ज्योतिलाई पनि बिहेको चिन्ता बाक्लिदै जान थालेकाले होला, सामाजिक सञ्जाल फेसबुकमार्फत बेलाबेलामा आफू अविवाहित रहेको घोषणा गर्छिन्।

हालै उनले फेसबुकमा आफूलाई अविवाहित युवती घोषणा गर्दै आफ्ना केही तस्बिर पनि राखिन्। अब यसरी फेसबुकमै लेख्नुको अर्थ त कोही भेटिन्छ भनेर पनि हो कि ! तर त्यही पोस्टमा भने धेरै जनाले उनको बिहेकै बारेमा चिन्ता व्यक्त गरेका छन्।

परिवारको समस्या के हुन्छ भने एउटा समयसम्म कर्कर गर्ने हो, समय घर्किएपछि रहर गरेर हुँदैन। त्यसैले आफैँ खोजोस् भन्ने चाहना पनि होला। बिहे गर्न मन लागेसी फेसबुकमा होइन ज्योतिजी, घरमै घुमाउरो पाराले भन्नु प-यो !

हुन त फेसबुकमा सिंगल छु भन्नु पनि घरका अग्रजलाई झक्झक्याउनु पनि होला ! जे होस्, ज्योतिजी, तपाईंको यो आइडिया गज्जबको छ।

Leave A Comment