अनमोलको फेमिली क्रेज

मङ्गलबार, ०५ कार्तिक २०७६, ०२ : ०२ शुक्रवार
अनमोलको फेमिली क्रेज

हिट भन्दा फ्लप फिल्मको संख्या धेरै भए पनि अभिनेता अनमोल केसीको क्रेज युवा पुस्तामा राम्रै छ। उनी मिडियामा पनि हत्तपत्त देखिन्नन्। दर्शकबीच पनि फिल्म प्रदर्शन सिवाय अन्य समयमा पुग्दैनन्। उनी कतै देखिदा उनका फ्यानहरुको राम्रै भिड लाग्छ। फोटो खिच्न तछाडमछाड हुने नै भयो।

उनका बाबु भुवन केसीले फेसबुकमा राखेको तस्बिरले उनका फ्यान सडकमा मात्रै हैन, घरमै पनि राम्रै रहेको देखियो। दशैंको टीका थाप्दै गरेका अनमोलको फोटो खिच्न उनका आफन्तलाई भ्याई–नभ्याई देखियो।

भुवनले सामाजिक सञ्जालमा राखेको तस्बिरमा अनमोलले टीका लगाउँदै गर्दा छेउतिर उभिएका उनका आफन्त फोटो खिच्न व्यस्त देखिन्छन्। अभिनय कमजोर भए पनि फ्यान फलोइङ चैँ बलियै छ है उनको ! अब यसो अभिनयतिर पनि ध्यान दिए राम्रो हुन्थ्यो कि !

Leave A Comment