‘पैसाले कला किन्न खोजिन्छ’

बिहिबार, ०६ जेठ २०७३, ०४ : ५३
‘पैसाले कला किन्न खोजिन्छ’

‘पैसाले कला किन्न खोजिन्छ’
सुमन गिरी, गायक


अहिले केमा व्यस्त हुनुहुन्छ ?
भर्खरै सार्वजनिक गरिएको ‘वर्णन–३’ को बजार प्रवद्र्धनमा व्यस्त छु । नयाँ एल्बमको तयारी पनि थालिसकेको छु । संगीतबाहेक गार्मेन्ट उद्योगमा काम गर्छु ।
संगीत क्षेत्रमा कसरी लाग्नुभयो ?  
सानैदेखि गीत गाउन रुचाउने मान्छे हुँ म । मामा खेम मल्लका गीतबाट प्रभावित भएँ । उहाँकै प्रोत्साहनले अघि बढेर यहाँसम्म पुगेको छु ।
कस्ता गीत गाउनुहुन्छ ?
आधुनिक गीत गाउन रुचाउँछु । कहिलेकाहीँ लोकगीत पनि गाइन्छ । क्लासिकल र आधुनिक गीतमा रुचि छ ।  
संगीत कक्षा लिनुभएको छ ?
यस क्षेत्रमा लागेदेखि संगीत कक्षा लिन थालेको हुँ । अहिलेसम्म लिइरहेकै छु । जति सिक्यो उति सिक्ने भोक चढ्दो रहेछ । भारतीय र नेपाली गुरुहरूबाट कक्षा लिने गरेको छु ।
गाएरमात्र बाँच्न सकिने अवस्था छ कि छैन ?
धेरै गाह्रो छ । तर, म संगीतको भक्त हुँ । यसबाट केही प्राप्त भए पनि नभए पनि म यसको पूजा गरिरहनेछु । बाँच्नलाई अन्य क्षेत्रमा काम गरे पनि संगीतको अराधना कहिल्यै छाड्नेछैन ।
स्टेज कार्यक्रममा बोलावट हुँदैन ?
त्यही स्टेज कार्यक्रमले मात्र लगानीसम्म उठ्ने गरेको छ । देश–विदेशबाट साथीहरूले बोलाइरहनुहुन्छ । दर्शक–स्रोताको माया प्रत्यक्ष अनुभूत गर्न पाउँदा खुशी लाग्छ ।  
नेपाली संगीतमा के समस्या देख्नुभयो ?
कलालाई पैसाले किन्न खोज्ने प्रवृत्ति नै ठूलो विकृति हो । पैसा भएकै भरमा कोही गायक–संगीतकार बन्ने स्थिति संगीत क्षेत्रको दुःखद पक्ष हो ।

Leave A Comment