यौन र स्तनको सम्बन्ध

बुधबार, ०६ कार्तिक २०७६, ०२ : ०६ शुक्रवार
यौन र स्तनको सम्बन्ध

डा. दिनेश बाँस्तोला

आमाले शिशुको पोषणका लागि स्तनपान गराउँछिन्। स्तनपानले शारीरिक, शरीरजन्य, भावनाजन्य, सामाजिक, मनोवैज्ञानिक, यौनजन्य र इन्द्रियजन्य अनुभवहरु सँगसँगै सचेतना जगाउँछ। त्यति मात्रै हैन स्तनले यौन उत्तेजना, यौन क्रिडा तथा यौन क्रियाकलाप गर्न महत्वपूर्ण भूमिका खेल्छ।

आमाले आफ्नो शिशुलाई स्तनपान गराइरहेको अवस्थामा उनको पुरुष यौन जोडी (सहचर) लाई इश्र्या भाव पैदा हुन्छ। कारण यौन उत्तेजना हो। महिलाको स्तन देख्दा पुरुषमा यौनिक संवेदनाशीलता बढ्ने भएकाले पुरुष यौन जोडी उत्तेजित हुने सम्भावना हुन्छ।

मानसिक रुपमा सृष्टिको निरन्तरताका लागि यौन उत्तेजना हुँदा हुँदै पनि शिशुलाई स्तनपान गराउन पुरुषले मौन सहमतिमा सम्झौता त गर्छन्। प्राकृतिक यौनजन्य असहमति तथा व्यवहारका बाबजुद शिशुलाई स्तनपान गराउँदा पुरुष संयमित हुन्छन्।

कतिपय वयस्क पुरुषको भूमिका विरोधाभाष, अमिल्दो, झगडालु भए पनि आमाले आफ्नो शिशुप्रति देखाएको भूमिकामा आदर–सम्मानमा ध्यान दिएका हुन्छन्। तर आफ्नो स्थायी यौन जोडी बाहेकका पुरुषले महिलाप्रति यस्तो व्यवहार गर्छन नै भन्ने छैन।

यसरी आउँछ उत्तेजना
मानिसको मस्तिष्कले ‘गोन्याडोट्रोफिन’ हार्मोन उत्पादन गरी पिट्युटरि ग्रन्थीबाट सो हार्मोन निष्कासन गर्छ। निष्कासन भएपछि यो हार्मोन पुरुषको अण्डाशयमा पुग्छ, भने महिलाको भ्रुणाषयमा गई सक्रिय काम गर्छ। जसले यौन उत्तेजना ल्याउनमा मुख्य सहयोगी भूमिका खेल्छ। ‘गोन्याडोट्रोफिन’ले यौन उत्तेजना ल्याउने भएकाले यस हार्मोनलाई यौन हार्मोन भनिन्छ।

पुरुष उत्तेजनामा आएको अवस्थामा उसको मस्तिष्कको सचेतना नै गौण हुन पुग्छ। त्यस अवस्थामा पुरुषमा जनावर अवस्था जाग्छ। स्वभावतः ऊ जनावर हुन्छ। पुरुषले स्तन देख्ने गरी महिलाले शिशुलाई स्तनपान गराउँदा उत्तेजित भएर पुरुषले यौनको मामलामा जनावर बानी व्यवहार देखाउनु प्राकृतिक नै हो। यस्तो अवस्थामा महिला बलात्कृत हुने जोखिम हुने भएकाले स्तन छोपेर स्तनपान गराउनु नै बुद्धिमानी हुन्छ।

महिलाको हकमा स्तनबाट दूध चुहिएको अवस्थामा यौनजन्य क्रियाकलाप खुल्ने र बन्द हुने प्रक्रिया हुन्छ। यस्तो अवस्थामा योनिको घर्षण हुने, हाइपोथालामसबाट ‘गोन्याडोट्रोफिन’ हार्मोन निष्कासन हुने र पिट्युटरी ग्रन्थीबाट महिलाजन्य हार्मोन निष्कासन भई महिलामा झन् बढी यौन उत्तेजना बढाउँछ।  यस्तो अवस्थामा महिलामा यौन सन्तुष्टि मेट्ने इच्छा हुनु स्वाभाविकै हो।

आकर्षणको माध्यम
अध्ययन अनुसार सामान्यतः पुरुष यौन जोडीलई आकर्षित गर्न महिलाले स्तन नछोपि शिशुलाई स्तनपान गराउँछन्। यो यौन आकर्षणको सांकेतिक भाषा हो। आफ्नो स्तन यौनिक संवेदनशीलताको क्षेत्र हो भन्ने कुरा महिलालाई अनुभव हुन्छ। त्यसैले कतिपय महिलाले आफ्नो स्थायी यौन जोडी हुँदा हुँदै अन्य पुरुषलाई स्तन देखाएर स्तनपान गराउनु पनि यौन आकर्षणको संकेत हो। महिलाले यस्तो व्यवहार गर्दा स्थायी पुरुष यौन जोडीलाई तनाव पैदा भई त्यस्ता यौन जोडीको सम्बन्धै विच्छेदसम्मको अवस्था नआउला भन्न सकिन्न। यसमा सचेत हुनु उचित हुन्छ।

महिलालाई यौन चाहना भएर होस् वा नभई देखाएर स्तनपान गराउँदा पुरुष उत्तेजित हुन पुग्छन्। जसले महिला यौन हिंसाको सिकार हुने जोखिम हुन्छ।

उन्मादको स्वाद
महिलाकोे स्तन, काखी, छातिको भाग, तिघ्रा, नाइटोजस्ता अंग देख्दा पुरुष मात्रै हैन, पुरुषका यस्ता अंग देख्दा महिलासमेत यौन उत्तेजनामा पुग्छन्। उन्माद हुन्छ।

पश्चिमा देशहरुमा त स्तनलाई कामोत्तेजक अंगको रुपमा लिइन्छ। तसर्थ विना यौन उद्देश्य तथा चाहना यस्ता अंग प्रदर्शित नगर्नु नै बुद्धिमता हुन्छ।

पुरुष यौन जोडीले महिलाको स्तन मालिस गर्दा तथा चलाउँदा महिला आनन्दित र उत्साहित हुन सक्छिन्। त्यसो त पुरुषले महिलाको स्तनबाट दूधका छिर्का आफ्नो अनुहार र शरीरमा पारेर यौनजन्य आनन्द र उत्साह लिन सक्छन्। कतिपय पुरुषले त महिला यौन जोडीको स्तनपानको स्वादमा आनन्द लिन सक्छन्। यस्तो बानी व्यवहारले शिशुलाई पर्याप्त दूध नपुगी कुपोषित हुने जोखिम त्यत्तिकै हुन्छ। कतिपय महिलाको यौन चाहनाका कारण आफ्नो स्तनपान आफैँ गर्ने बानीले शिशु कुपोषित हुने सम्भावना हुन्छ।

कतिपय महिलाले त पुरुष यौन जोडीलाई स्तनपान मात्रै गराएर यौनानन्द लिएका हुन्छन्। जहाँ यौन सम्पर्क र यौन भन्ने विषय गौण हुन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment