टुपिसमा स्वस्तिमा

शुक्रबार, ०८ कार्तिक २०७६, १२ : २८ शुक्रवार
टुपिसमा स्वस्तिमा

अभिनेत्री स्वस्तिमा खड्कालाई समुद्रसँग मोह छ। बिदा मनाउन होस् या सुटिङकै क्रममा, विदेश पुग्दा उनी समुद्रलाई अँगालिहाल्छिन्। हुन पनि समुद्र भएकाहरुलाई त समुद्रको कत्रो मोह हुन्छ, हामीजस्तो समुद्रबिनाका मानिसलाई आकर्षण के नहोस् !

त्यसैले उनी कपडा फुकालेर समुद्रमा डुबुल्की लगाइहाल्छिन्। उनका त्यस्ता कतिपय तस्बिरको व्यापक चर्चा पनि भइसकेको छ।

हालै बिदा मनाउन थाइल्यान्ड पुगेकी स्वस्तिमा सामाजिक सञ्जाल इन्स्टाग्राममा फेरि पनि समुद्री तटमा खिचेका तस्बिर अपलोड गर्न व्यस्त छिन्। गुलाबी रङको टुपिसमा खिचेको उनको तस्बिर सामाजिक सञ्जालमा पोस्टिनेबित्तिकै भाइरल हुन भ्याइसकेको छ।

जे होस्, टुपिसमा हट देखिएकी छन् स्वस्तिमा। तस्बिरले उनको समुद्री मोह त देखाउँछ नै नयाँ फिल्म ‘घामड शेरे’को प्रचार–प्रसारमा समेत थप बल प्रदान गर्नेछ भन्ने उनले बुझेकै छिन्। हामीले त के भन्नु छ र ? तस्बिर हेर्ने मात्र हो क्यार !

Leave A Comment