रीमाको बिहे !

शुक्रबार, ०८ कार्तिक २०७६, १२ : ५३ शुक्रवार
रीमाको बिहे !

अभिनेत्री रीमा विश्वकर्मा आफ्नो जिन्दगी स्वतन्त्र भएर जिउँदै छिन्। दुई वर्षअघि मात्रै पति रोबर्ट विश्वकर्मासँग उनको डिभोर्स भएको हो तर अब कतिले रीमालाई बिहेबारे धारणा पनि सोध्छन्। त्यस्तो प्रश्न गर्नेलाई रीमाको जवाफ एउटै हुने गर्छ, ‘अहिले नै बिहेबारे सोचेकी छैन।’

हालै एक कार्यक्रममा रीमालाई मिडियाले बिहेबारे नै प्रश्न तेर्साए। रीमाले आफूले एकपटक बिहे गरेर चेतिसकेको कुरा मिडियालाई बताइन्। उनले भनेकी थिइन्, ‘एकचोटी बिहे गरेर चेतिसकेँ। दोस्रो पटक गर्न त कति सोच्नुपर्ला ! होइन त ?’

रीमाको जवाफले प्रस्टै हुन्छ, अहिले नै उनी बिहे गर्ने सोचमा छैनन्। रीमाको जवाफले त ‘सिंगल लाइफ रक्स’ नै भन्ने देखाउँछ।

त्यसो त ‘भेटिएर छुट्नु भन्दा नभेटिएकै जाति हुन्छ’ भनेर कर्णदासले गीत गाएकै थिए क्यार ! उनी पनि सोही लाइनकी होलिन् !

Leave A Comment