पाँच करोडको तास

शनिबार, ०९ कार्तिक २०७६, ०२ : ३४ शुक्रवार
पाँच करोडको तास

तिहार झिलिमिली बत्तीको चाड मात्रै हैन, जुवाको चाड पनि हो। लक्ष्मी पूजाको दिन कौडा खेल्नुपर्ने सामाजिक मान्यता अझै हराइसकेको छैन। कौडा हानेर लक्ष्मी बोलाउने मात्रै हैन, ताजको खालसमेत खुबै जम्छ यो पर्वमा।

जुवाको पर्वको बन्दै गएको तिहारलाई लक्षित गरेर हरेक वर्ष तास भित्रिने गरेको छ। यो वर्ष दसैं–तिहारलाई लक्षित गरेर २ महिना भित्रमा झण्डै पाँच करोडको तास नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। विभागको तथ्यांक अनुसार साउन र भदौ महिनामा झण्डै पाँच करोड मूल्यका तास नेपाल भित्रिएका छन्।

विभागका अनुसार नेपालमा वार्षिक रुपमा २५ करोडभन्दा बढीको तास भित्रिन्छ। दसैं र तिहार अगाडि तास आयात हुने क्रम ह्वात्तै बढ्छ। नेपालमा भारत, चीन, मलेसिया, ताइवान, बेलायत, अमेरिका लगायतका देशबाट तास आउँछन्।

ठूलो रुपैयाँ हारजितै हुने गरी हुने खेल अपराध हो। रमाइलोका लागि परिवारका साथ खेलेर पनि मनाउन सकिन्छ चाड। जुवाकै रुपमा तास खेले तिहार प्रहरी हिरासतमा बित्न पनि सक्छ है !

Leave A Comment