माया बढाउने मसला

आइतबार, १० कार्तिक २०७६, ०३ : ०५ शुक्रवार
माया बढाउने मसला

दाजुभाइ र दिदीबहिनीको मीठो सम्बन्धलाई थप मीठो बनाइदिन्छ भाइ मसलाले। काजु, बदाम, किसमिस, पेस्ता, छोकडा, नरिवल, खुर्पानी, मखना, मिश्री, ओखर, अलैँची, सुकमेल, दालचिनी, ल्वाङ र सुपारी मिसिएको प्याकेटसँगै साटिन्छ माया।

बजारमा तिहार छिरेको संकेत पनि पसल अगाडि फैलाएर राखिने यही भाइ मसलाले नै दिन्छ। अहिले बजार जाने हो भने तिहार छपक्कै लागेको देखाउँछ भाइ मसलाले। तिहार दैलोसम्म आइपुगेकाले केही दिदीबहिनीहरु भाइ मसलाको जोहो गर्न बजार छिरिसकेका छन्।

भाइ मसला तागतिला खानेकुरा हुन्। दिदीबहिनीले टीका लगाइदिएपछि सगुनको रुपमा भाइलाई उपहारको रुपमा भाइ मसला दिने गरिन्छ। नेवार समुदाय होस् या जनजाति, क्षेत्री–बाहुन र मधेसी सबै समुदायलाई अहिले भाइ मसला अनिवार्य भइसक्यो।

अन्य समयमा पनि काजु, किसमिस, बदाम लगायतका ड्राइफ्रुट खाइन्छ नै तर तिहारमा दिइने यही ड्राइफ्रुट विशेष किसिमको भाइ मसलामा परिणत हुन्छ।
मसलासँगै माया मिसिने भएकाले भाइ मसला विशेष लाग्ने उनले बताइन्।

नियमित खाए राम्रो
तिहारमा मसलाको रुपमा उपहार दिइने मसला लाभदायी ड्राइफुड हुन्। यी नियमित सेवन गरे स्वास्थ्यलाई फाइदै हुन्छ। तर मिलाएर खान जानिएन भने समस्यामा पनि पार्छ।

ड्राइफुड धेरै खाँदा ग्यास्ट्रिक, कब्जियत, लगायतका पेटसँग सम्बन्धित समस्या बढ्न सक्छ। भाइ मसलामा हुने ड्राइफुडमा बढी क्यालोरी हुने भएकाले धेरै खाँदा तौल बढ्ने समस्या समेत हुन्छ।

भाइ मसलाका गुण
काजुः यसमा भिटामिन ई पाइन्छ। यसमा ‘एन्टी–एजिङ’ तत्वसमेत हुन्छ। काजुको नियमित सेवनले छाला स्वस्थ बनाउँछ। काजुले शरीरमा कोलेस्ट्रोल र रगतमा रहेको सुगरलाई समेत नियन्त्रण गर्छ।

बदामः यसमा प्रशस्त प्रोटिन हुन्छ। शरीरका लागि चाहिने फ्याटी एसिड र फाइबरसमेत यसमा पाइन्छ। बदामले रगतमा हेमोग्लाबिनको मात्रा बढाउँछ। यसले रक्तसञ्चारलाई नियन्त्रणसमेत गर्छ। बदाम नियमित खाँदा महिलाहरुलाई स्तन क्यान्सर हुनबाट जोगाउँछ।

पास्ताः पास्तामा भिटामिन ई पाइन्छ। यसले छालाको क्यान्सर र रगतको सुगर नियन्त्रण गर्छ। पास्ताले पाचनप्रणालीलाई समेत बलियो बनाउन सघाउँछ।

किसमिसः किसमिसमा भिटामिन ए, पोटासियम, म्याग्नेसियम र आइरन पाइन्छ। यो नियमित खाँदा एनिमियाबाट बच्न सकिन्छ। यसले रक्तसञ्चार नियन्त्रणमा राख्न सहयोग गर्छ। आँखा र दाँतको रोगबाट बचाउँछ।

ओखरः ओखरमा ओमेगा–३ फ्याट्टी एसिड पाइन्छ जसले दिमाग तेज बनाउँछ। ओखरमा रहेको ओमेगा–३ फ्याट्टी एसिडले स्मरणशक्ति बढाउने र हृदयरोगबाट बचाउन गर्छ।

कहाँबाट आउँछन् ?
तिहारमा ७० करोड रुपैयाँ माथिको ड्राइ फ्रुट्सको व्यापार हुन्छ। भाइमसलामा प्रयोग हुने अधिकांश ड्राइफ्रुट्स विदेशबाटै आउँछन्। ओखर, चीनबाट आउँछ। सानो मात्रामा भए पनि नेपालमा पनि ओखर उत्पादन शुरु भने भएको छ। आलमण्ड भारत, अमेरिका र अस्ट्रेलियाबाट आउँछ।

कसको कति पर्छ ? ( किलोमा )
काजु : १५ सय
किसमिस : ५ सय
पेस्ता : एक हजार ७ सय
बदाम : एक हजार ३ सय ५०
ल्वाङ : एक हजार ८ सय
सुकमेल : ५ हजार ५ सय
छोकडा : २ सय
नरिवल : ४ सय ८०
सुपारी : ६ सय ५०
ओखर : ६ सय २०
दालचिनी : ५ सय
मिश्री : १ सय ८०
अलैँची : एक हजार ५ सय

Leave A Comment