संसार घुम्दै थापा परिवार

बिहिबार, १४ कार्तिक २०७६, १२ : २८ शुक्रवार
संसार घुम्दै थापा परिवार

झरना थापाकी छोरी सुहाना थापाले डेब्यु फिल्म ‘ए मेरो हजुर ३’बाटै अभिनयको तारिफ बटुलिन्। अनमोल केसीको जोडी बनेर रजतपटमा डेब्यु गरेकी सुहानालाई एउटै फिल्मले चर्चामा ल्यायो। अब आमा झरना थापाको निर्देशन र बुबा सुनिल थापा आफैँ निर्माता भएपछि सुहानाको चर्चा हुने नै भयो।

एउटै फिल्मले अहिले सुहानालाई विदेशी दर्शकमाझ चिनाएको छ। अहिले थापा परिवार फिल्मलाई विभिन्न देशमा प्रदर्शन गर्दै हिँडिरहेका छन्। सुहाना पनि डेब्यु फिल्मबाटै दर्शक भेट्न व्यस्त छिन्। हालै झरना थापासहितको टिमले ओमानमा पनि यो फिल्म देखाए। जे होस्, एउटै फिल्मले संसार घुम्दैछन् थापा परिवार। अझै उनीहरुको टुर सकिएको छैन।

हुन त एउटै फिल्म बनाएर संसार डुल्ने व्यक्तिमा ‘मुनामदन’ फिल्मका निर्माता पर्ने गर्थे, कतै त्यो कीर्तिमान थापा परिवारले नचोरोस् भन्ने कामना !

Leave A Comment