फ्यान फकाउँदै निश्चल

शुक्रबार, १५ कार्तिक २०७६, १२ : ४५ शुक्रवार
फ्यान फकाउँदै निश्चल

फिल्मको प्रचारप्रसारमा मूलतः निर्माण टिमले दर्शक फकाउने काम गरिरहेको हुन्छ। ताकि ती दर्शक हलसम्म फिल्म हेर्न आइदिऊन्। बलिउड र नेपालका कलाकार दर्शक फकाउन माहिर छन्। उनीहरु दर्शकलाई हलसम्म तान्न जे गर्न पनि तयार हुन्छन्। आखिर तिनै दर्शकका लागि त फिल्म बन्ने हो !

हिजोआज फिल्मको कथावस्तुले भन्दा पनि अन्य प्रचार अस्त्र प्रयोग गरेर दर्शक फकाउने चलन नेपालमा बेपत्तासँग चलिरहेको छ।

कहिले कलाकार दीनदुःखीको दैलोमा पुगेर सेवाको स्वाङ रच्छन् भने कहिले के–के प्रतियोगिता। जे होस्, फिल्म चलाउन कलाकार पनि जुनै हदसम्म पुग्न तयार हुन्छन्। अब अहिलेको फ्रेस घटनाको कुरा गरौं न। अरुबेला त्यति फ्यानसँग घुलमिल भएको नदेखिने अभिनेता निश्चल बस्नेतले पनि ‘घामड शेरे’को प्रचारको क्रममा एक हुल दर्शकसँग भेटे।

ती फ्यानले शुभकामनाका केक पनि काटिदिएछन्। अब त्यति फ्यानसँग भेटेपछि ती फ्यानले अरु साथी लगेर हलमा फिल्म हेर्न त पुगिदिन्छन्। जे होस्, यो फर्मूला पनि काइदाकै छ।

Leave A Comment