धीरज र जसिताको केमेस्ट्री

शनिबार, १६ कार्तिक २०७६, १२ : ३७ शुक्रवार
धीरज र जसिताको केमेस्ट्री

‘इन्टु मिन्टु लन्डनमा’बाट अभिनयमा डेब्यु गरेका धीरज मगर र ‘लिलिबिली’बाट अभिनय थालेकी जसिता गुरुङको चर्चा फिल्म जगतमा चलिरहन्छ। यी दुईको प्रेम प्रसंगले लामो समय मिडिया तताएको पनि थियो। अब पर्दामा पनि जोडी बनेर देखिने भएपछि यी दुईको चर्चा नचल्ने कुरै भएन।

यी दुई फिल्म ‘आई एम ट्वान्टी वान’मार्फत दर्शकमाझ देखिँदै छन्। फिल्म बन्नु अगाडि नै दुईको केमेस्ट्रीलाई लिएर दर्शकमा चर्चा छ। जे होस्, फिल्म बनिनु अगाडि नै यो जोडीको चर्चा चल्न थालेको छ। ‘आई एम ट्वान्टी वान’लाई कोरियोग्राफरबाट निर्देशनमा होमिएकी रेनशा वान्तवा राईले निर्देशन गर्दैछिन्। उनको यो दोस्रो निर्देशकीय प्रयास हुनेछ।

Leave A Comment