सकम्बरी सुरक्षा

मङ्गलबार, १९ कार्तिक २०७६, ११ : २७ शुक्रवार
सकम्बरी सुरक्षा

अभिनेत्री सुरक्षा पन्त आफूलाई किताब ‘शिरिषको फूल’की पात्र सकम्बरीसँग दाँज्ने गर्छिन्। प्रत्यक्ष हेर्दा सकम्बरी र सुरक्षाबीच कुनै समानता देखिँदैन तर जब उनी उपन्यास पढ्न थाल्छिन्, त्यसको शून्यवादमा आफूलाई तादात्म्य पाउँछिन् क्यार !

यो हामीले भनेको होइन। उनैले सामाजिक सञ्जाल फेसबुकमार्फत घोषणा गरेकी हुन्। गएको साता उनले फेसबुकमा ‘शिरिषको फूल’ उपन्यास हातमा लिएर फोटो सेसन गर्दै लेखेकी थिइन्, ‘एउटा यस्तो अवस्था जहाँ सकम्बरीसँग आफूलाई पाउँछु।’ 

पात्र सुकुम्बरीले कथामा कपाल मुण्डन गरेकी हुन्छे। यहाँ सुरक्षाले पनि फिल्मको लागि कपाल मुण्डन गरेकी छन्। उनले ‘आमा’ फिल्मको पात्रको लागि कपाल मुण्डन गरेकी थिइन् तर यतिबेला अलिकति बढे पनि सकम्बरीको मुडुलो टाउकोसँग मिल्न गएको थियो।

दुःखको कुरा, नेपाली उपन्यासका पात्र अभिनय गर्नका लागि जतिसुकै लोभलाग्दा भए पनि गतिलो फिल्म नबन्दा उनको जस्तो रहर रहरमै सीमित हुने गरेको छ। सकम्बरीको भूमिका पाए, उनले के मात्र गर्थिनन् होला !
चिन्ता नगर सुरक्षा, कुनै न कुनै दिन त्यस्ता पात्र बुझ्नेहरु कसो फेला नपर्लान् !

Leave A Comment