शनि भए नेपाल लोक स्टार

बिहिबार, २१ कार्तिक २०७६, ११ : ४६ शुक्रवार
शनि भए नेपाल लोक स्टार

आइएमई  ‘नेपाल लोक स्टार’ को उपाधि शनि विश्वकर्माले जितेका छन्। गएको हप्ता भएको फाइनलमा रामकुमार नेपाली, विनोद दनुवार र चेतन गोतामे जस्ता उम्दा प्रतिस्पर्धीलाई पछि पार्दै शनि ‘नेपाल लोक स्टार’को विजेता बनेका हुन्। शनि विजेता बनेसँगै नगद ५० लाख रुपैयाँ प्राप्त गरेका छन्। 

लोकस्टारको ग्रान्ड फिनालेमा फस्ट रनरअप चेतन गोतामे भए भने सेकेन्ड रनरअप विनोद दनुवार भए। फस्ट रनरअपले २५ लाख र सेकेन्ड रनरअपले १० लाख रुपैयाँ पुरस्कार हात पारेका छन्। लिट्मस इलेक्ट्रीफाइङ पफर्मेन्स अफ द सिजनको टाइटल रामकुमार नेपालीले जितेसँगै नगद रु. दुई लाख प्राप्त गरे।
‘नेपाल लोक स्टार’मा जयनन्द लामा, बिबी अनुरागी, रामजी खाँड र सुनिता दुलाल निर्णायक थिए।

Leave A Comment