सिलवालको ‘श्रीलंका स्मृति’

बिहिबार, २१ कार्तिक २०७६, १२ : २१ शुक्रवार
सिलवालको ‘श्रीलंका स्मृति’

अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ सार्वजनिक भयो। श्रीलंकाको राजधानी कोलम्बोमा पुस्तक सार्वजिनिक भएको हो। श्रीलंका संसद्का सभामुख कारु जयासूर्या, श्रीलंका प्रेस एसोसिएसन (एसएलपिए)को अध्यक्ष मुदिता कारियाकार्वाना र इन्डियन फेडरेसन अफ वर्किङ जर्नालिस्ट (आइएफडब्लुजे)का अध्यक्ष बिभी मल्लिकार्जुनाले सिलवालको पुस्तक संयुक्त रुपमा सार्वजनिक गरेका थिए।

‘एक साताको श्रीलंका यात्रा, जानुपूर्वको तयारी, पुग्दासम्मका अनेक भोगाई, यात्रामा भेटिएका पात्र, संस्कृति र जीवनशैली समेटेर पुस्तक लेखेको उनले बताए।

‘सगरमाथाको देशबाट सागरको देश र भूपरिवेष्ठित देशबाट समुन्द्रवेष्ठित देश गएको एउटा अन्वेषी यात्रुको कथा हो यो,’ आएएफडब्लुजेकी विदेश सचिव गितिका तालुकदारले पुस्तकमाथि टिप्पणी गरिन्।

Leave A Comment