फिल्म चलाउन ट्रोल बनाउँदा विवादमा ‘घामड शेरे’, निश्चलको कमजोर संवाद

बिहिबार, २१ कार्तिक २०७६, ०७ : ०४ शुक्रवार
फिल्म चलाउन ट्रोल बनाउँदा विवादमा ‘घामड शेरे’, निश्चलको कमजोर संवाद

फिल्म चलाउने लोभमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई जोडेर विवादमा तानिएको फिल्म ‘घामड शेरे’ काे समुह फिल्म प्रमोशनमा लाग्नुपर्नेमा आफ्नै मुख्र्याईका कारण अहिले माफि माग्दै हिड्नु परेको छ । फिल्म शुक्रवार रिलिज हुँदैछ।

केही दिन अगाडि पार्टी कार्यालयमा विरोधमा उत्रिएका युवा कार्यकर्ताप्रति आक्रोशित देखिएका देउवाको तस्बिर यो फिल्मसँग जोड्ने काम आशिफ शाहले गरेका थिए । त्यसपछि त फिल्मको नाम जोडेर ट्रोल नै बन्न थाल्यो । फिल्म निर्माण टिमले ट्रोलमा आफ्नो कुनै भुमिका नभएको दावी गर्दै हिडिरहेको छ ।

लुटका निर्देशक निश्चल बस्नेत र उनको श्रीमती स्वस्तिमा खड्काको अभियन रहेको फिल्मको ट्रेलरमा नै मुख्य अभिनेताको कमजोरी समेत छरपष्ट भएको छ । पहिलो ट्रेलर १० लाख बढीले हेरेका छन् । फिल्म रिलिज अगाडि दोस्रो ट्रेलर रिलिज गरे पनि त्यसले पनि त्यत्ति राम्रो प्रतिकृया पाउन सकेन । ट्रेलरमा मुख्य समस्या अभिनेता निश्चलको संवाद शोल्ने शैली कमजोर देखिएपछि आलोचना भएको छ । 

लुट फिल्मको सफल निर्देशन गरेका निश्चलको लुट २ त्यत्ति राम्रो नभएपछि उनी फिल्म अभिनयतिर लागेका थिए । प्राय फिल्महरुमा उनको अभिनयबारे आलोचना हुने गरे पनि उनी फिल्ममा देखिनेक्रम रोकिएको छैन । घामड शेरेमा स्वस्तिमा उनको सालिको भुमिकामा छिन् । दोस्रो ट्रेलरमा निश्चल खोलालाई मुद्धा हाल्दै गरेको देखाइएको छ ।

घामड शेरेसँग साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित जीवन काँडा कि फूल लाग्दैछ । घिमिरेको कथा रहेको फिल्म विनोद विष्टले निर्देशन गरेका हुन् भने मुक्ति बराल उपाध्यायको पटकथा र संवाद छ । घामड शेरे कात्तिक ४ मा रिलिजको तयारी भएको थियो । तर हलमा थोरै शो पाएपछि रिलिज मिति सारेर २२ गते पूर्याउँदा ‘जीवन काँडा कि फूल’सँग जुध्न पुग्यो । 

Leave A Comment